No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन बस्छुः सांसद शर्मा

0

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करीका नाइकेहरुको राजीनामा माग्दा आफूलाई गिरफ्तार गरिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे ।

उनले गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन बस्ने घोषणासमेत गरेका छन् । उनले भने, ‘अहिलेको गृहमन्त्री जसले मलाई आतंककारी जस्तो बनाएर अरेस्ट गर्नुभयो उहाँले बिनासर्त राजीनामा गर्नुपर्छ । अन्तिमसम्म मेरो माग रहनेछ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न राज्यसत्ता चलाएका प्रधानमन्त्रीहरुले यसमा माफी माग्नुहुन्न भने म आमरण अनशन डिक्लेयर गरिदिन्छु हेर्छु के हुन्छ त्यसपछि भन्छु ।’

शर्मा नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका थिए । अदालतले उनलाई थुनामा राख्न सीआईबीलाई अनुमति नदिएपछि उनी थुनामुक्त भएका थिए ।

प्रकाशित: २९ श्रावण २०८०, सोमबार १०:०४

Leave a Reply