No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दलभित्रै आन्तरिक प्रजातन्त्र कमजोर

0

जनकराज पाठक।
१. इतिहास नबुझ्नेहरुको भिडमा उभिएर विगतलाई चर्चा गर्न थालियो भने कथा भनेको कि निबन्ध भनेर मुर्खहरु हास्न थाल्छन् । जसलाई विगत थाहा छैन त्यो वर्तमानमा कसरी हिँडेको होला अनि भविष्यमा काहा पुग्ला त्यस्ताप्रति दया लाग्छ । उमेर जति भएपनि शारीरिक,मानसिक र बौद्धिक रुपमा स्वस्थ मान्छे बूढो हुँदैन र भनिदै । ।जसलाई चार अक्षर सामाजिक संजालमा लेख्न अरुको साहारा चाहिन्छ त्यो बौद्धिक अपांग हो त्यसतालाई ४०,४२ कै भएपनि बूढो भनिन्छ । स्वस्थ,तन्दुरुस्त अवस्थामा पनि अर्काको दलाली गरेर जसलाई लेख्न लगाइन्छ वा जो लेख्छन त्यो मानसिक रुपमा बूढो हो । रमाइलो लाग्छ संसार हेर्दा जसलाई नलेखि पनि हुँदैन लेख्न अरुको साहारा चाहिने अरुको साहारामा गन्तव्यमा पुग्न कठिन हुन्छ।किनेर राखेको बैशाखीले त सधैभरि साथ दिदैन भने स्वार्थमा मिलेका झगडियाहरुको साथ कति समय रहला र टिक्ला ।
आफ्नो मन मारेर,आँखा चिम्लिएर,अरुले भनेको भरमा स्तुती गान केही समय त टिक्ला तर दिर्घकालिन हुदैन । शरिरिक,मानसिक र बौद्धिक रुपमा स्वस्थ युवाहरु मुलुक निर्माणका मेरुदण्ड हुन् यिनीहरुको दुरुपयोग महापाप हो । सापटी मागीमागी बौद्धिकतालाई वजारमा लिलाम गर्नेहरुप्रति दया शिवाय केही गर्न सकिदैन ।

२. राजा मन्दिर दर्शनमा जाँदा हल्लिने गणतन्त्र र चार जना बसेर छलफल गर्दा काप्ने नेतृत्व .. यिनीहरु अग्रगमनका बाधक हुन अर्थात् प्रतिगामी हुन् । गणतन्त्रवादी दल र यसका नेताहरुले विशाल हृदयका साथ सवैको नेतृत्व गर्न नसक्दा जसरी गणतन्त्र कमजोर भएको छ त्यसैगरि ४ जना बसेर भलाकुसारी वा छलफल गर्दा काप्ने नेतृत्वको कारण सबै दलमा आन्तरिक प्रजातन्त्र कमजोर भएको छ । वाद विवाद र छलफलबाट डराउने र भाग्ने, फरक विचारसंग आत्तिने र चिच्चाउने, आफ्ना स्तुतीगान गाउनेसँग मात्रै रमाउने,अरुलाई वरपर नै आउन नदिने । क्या हो तपाईं त वाह ! वाह !! भन्नेहरुको भिडवाट बाहिर निस्कन नसक्ने प्रवृत्तिको कारण आज सबै दलमा आन्तरिक प्रजातान्त्र हराउदै गएको छ । आन्तरिक प्रजातन्त्रको प्रयोग गर्न नसक्ने दलहरुको कारण मुलुकमा राजनीतिक अस्थिरता देखिन थालेको छ अर्थात् प्रजातन्त्र कमजोर हुँदै गएको छ । प्रजातन्त्रलाई बलियो वनाउन पनि छलफल,वादविवादको आवश्यकता आजको दिनमा संसारभरि छ । यसलाई नभुलौं ।

 

प्रकाशित: ३१ श्रावण २०८०, बुधबार ०१:५३

Leave a Reply