No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट पुरुषतर्फ अर्जुन कुमाल र महिलातर्फ सुस्मिता थापा

0

गण्डकी । आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पुरुष तर्फ क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट महिला खेलाडीमा आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना गरेको प्रतियोगितामा ७ विधामा पुरस्कार वितरण भएको थियो ।

वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए । वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट खेलाडीले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने सफल भए ।

उत्कृष्ट प्रशिक्षक विधामा भलिबलका रमेश केसीले उत्कृष्ट हुदै अवार्ड जितेका छन् । यो विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका थिए ।

यसवर्षको वर्ष उदीयमान खेलाडीको उपाधि ब्याडमिन्टनकी दिलासा रानाले जितेकी छन् । यो विधामा क्रिकेटकी ज्योतिस्ना मरासिनी र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए । त्यसै गरी उत्कृष्ट खेल पत्रकार तर्फ रोहितराज पराजुली अर्वाड जिते । यस्तै, उत्कृष्ट खेलसंघ सहारा क्लब पोखरा बनेको छ । लामो समयदेखि विपन्न बालकहरूलाई राखेर एकेडेमी सञ्चालन गर्दै आएको सहाराले वर्षेनी आहा रारा पोखरा गोल्डकप आयोजना गर्छ ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पत्रकार, उत्कृष्ट क्लबले विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी हात पारे । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गर्ने घोषणा भैसकेको छ । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरेको छ ।

ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गरेको छ । विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मञ्चका अध्यक्ष दीननाथ बराल, पोखरा महानगरपालिका मयेर धनराज आचार्य लगायतले अवार्ड वितरण गरे ।

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार १४:५१

Leave a Reply