No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सन्दीपविरुद्धको मुद्दामा ‘गौशाला २६’की आमाको जन्ममिति प्रमाणित गर्न अदालतको आदेश

0

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाला किशोरी(गौशाला २६)की आमाको उमेर प्रमाणित गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर दोहोरो भएको पाइएपछि प्रमाणित गर्न आदेश दिएको हो । न्यायाधीश खतिडवाले पीडित किशोरीकी आमाको जन्ममिति २ खालको देखिएको भन्दै प्रमाणीकरण गर्ने आदेश दिएका हुन् ।

बलात्कार पीडित भनिएकी नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणि गर्न भन्दै न्यायाधीश खतिवडाले आदेश दिएका हुन् ।

सन्दीप विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। तर बिहीबार पेसी चढेकाले निरन्तरता पाउने बताइए पनि जन्ममिति प्रमाणित गर्न आदेश दिँदै सुनुवाइ सकिएको छ ।

क्रिकेटर लामिछानेविरुद्ध गौशालास्थित एक होटलमा किशोरी बलात्कार गरेको अभियोगमा मुद्दा परेको थियो । यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो ।

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार ०८:५०

Leave a Reply