No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इजरायल र नेदरल्याण्डबीच काउन्टर–ड्रोन उपकरण सम्झौतामा हस्ताक्षर

0

इजरायली रक्षा इलेक्ट्रोनिक्स कम्पनी एल्बिट सिस्टम्सले ५५ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ । नेदरल्याण्ड्सका लागि काउन्टर–मानवरहित विमान प्रणाली उपकरण आपूर्ति गर्न सम्झौता गरिएको बताइएको छ ।

कम्पनीले विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयका लागि आफ्नो काउन्टर–ड्रोन प्रणालीको धेरै मोबाइल, स्थिर र तैनाथ कन्फिगरेसनहरू आपूर्ति गर्नका निम्ति सम्झौता गरिएको जनाएको छ ।

ड्रोनले दिउँसो र राति सहरी तथा ग्रामीण वातावरणमा विभिन्न मौसम परिस्थितिहरूमा आक्रमण पत्ता लगाउन सक्ने बताइएको छ । सन् २०२२ मा इजरायलको रक्षा निर्यात करिब १२ दशमलव ५ बिलियन डलर पुगेको छ ।

जसमा मानवरहित हवाई सवारी साधन र ड्रोन प्रणाली कूलको २५ प्रतिशत छ भने मिसाइल, रकेट र वायु रक्षा प्रणाली १९ प्रतिशत रहेको इजरायली रक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित: ५ भाद्र २०८०, मंगलवार ०१:२०

Leave a Reply