No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कबिर र अभयको जोडी फाइनलमा प्रवेश

0

 

काठमाडौँ । राजधानीमा जारी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसीप २०२३ अन्तर्गत यु–१७ मा कबिर केसी र अभय महराको जोडी फाइनलमा पुगेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको ब्याडमिन्टन कोर्टमा भएको खेलमा कबिर अभयको जोडी मालदिभ्सका अजहर मोहम्मद अयुव र युसुफ मुनाधी माथलुबलाई २१–९, २१–७ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै यु–१५ तर्फ सौर्य महर्जन र सुविन श्रेष्ठको जोडी श्रीलङ्काका केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेरासँग पराजित भएको छ । महर्जन र श्रेष्ठको जोडी श्रीलङ्काली जोडीसँग १३–२१, ११–२१ ले पराजित भएको हो ।

ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको सहआयोजनामा भएको उक्त प्रतियोगितामा दिलासा राना र रिहाना शेरचनको जोडी फाइनलमा प्रवेश गरेको छ । राना र शेरचनको जोडी यु–१५ मा बङ्गलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै यु–१५ तर्फ नै टिसा रानी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलङ्काका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसँग ८–२१, ७–२१ ले पराजित भयो । यस्तै पुरुषतर्फ सुदेश राजकोटी र शिषिर रानाको जोडी बङ्गलादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसंग ९–२१, १२–२१ ले पराजित भयो ।

महिला यु–१५ एकलतर्फ टिशा रानी शाक्य श्रीलङ्काकी नेथ्मी रत्नायकेसँग ४–२१, १४–२१ ले पराजित भइन् । यसैगरी दिलाशा राना श्रीलङ्काकी सुथुली रनसिंघेसँग १५–२१, १५–२१ को समान अन्तरमा पराजित भइन् । पुरुषतर्फ सुविन श्रेष्ठ बङ्गलादेशका वाली उल्लाहसँग १५–२१, २१–१४, १८–२१ ले पराजित भए ।

यु–१७ महिलातर्फ राजी राई श्रीलङ्काकी रनुमी मनागेसँग १६–२१, २१–१८, १५–२१ ले पराजित भइन् । पुरुषतर्फ कविर केसी श्रीलङ्काका थिदासा वेरागोडासँग १२–२१, १९–२१ ले पराजित भए ।

प्रकाशित: ५ भाद्र २०८०, मंगलवार ०१:५१

Leave a Reply