No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जिपी कोइराला फाउन्डेसन अमेरिका च्यापटरद्वारा दोलखाका पहिरो पीडितलाई नगद र खाद्यान्न सहयोग

0

दोलखा । जिपी कोइराला फाउण्डेसन केन्द्रको समवन्यमा दोलखाका पहिरो पीडितलाई राहत वितरण गरिएको छ । साउन २८ गते दोलखाको बिगु – ७ मा पहिरो गई निम दोर्जे शेर्पा र छोरा पासाङ शेर्पा पहिरोमा परि खोलाले बगाई मृत्युु भएको थियो । शेर्पाको परिवारलाई फाउण्डेसनको अमेरिका च्याप्टरको अध्यक्ष सोमनाथ घिमिरे र उपाध्यक्ष सुवर्ण लामाको पहलमा मृतकका परिवारलाई २० हजार नगद, चामल ५० किलो, चिउरा, तेल, लुगाधुने साबुन लगायतका खाद्यसामग्री दिइएको हो ।

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा र फाउन्डेसन दोलखाका अध्यक्ष एवं पार्टी प्रवक्ता राकेश श्रेष्ठको उपस्थितमा बितरण शेर्पा परिवारलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रकाशित: ५ भाद्र २०८०, मंगलवार ०४:१९

Leave a Reply