No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु

0

मलेखु । काठमाडौँबाट पोखरा गइरहेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खस्दा कम्तिमा आठ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा तर्फ गइरहेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार अहिलेसम्म आठ जनाको शव निकालिएको छ भने १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ ।

घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ उद्धार जारी छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित: ६ भाद्र २०८०, बुधबार ०७:०५

Leave a Reply