No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

५० सांसदसहित कोशीमा एमालेको सरकार बन्ने ओलीको दाबी

0

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसजस्तो पुरानो पाटीले संविधान नमानेको देख्दा आफूलाई अचम्म लागेको बताएका हुन् ।

उनले भने, ‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो । अहिले पनि मानेको छैन । तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’

उनले गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेते आरोप लगाए । अध्यक्ष ओलीले ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरे ।

उनले माओवादीले द्वन्द्व बढाएको आरोप लगाए । उनले भने, ‘समाजवादी मोर्चाले समस्या पारेको छ । एकातिर प्रदेशको नामको पक्षमा भोट हाल्छ अर्कोतिर बाहिर आउँछ ढुङ्गा मुढा गर्छ मान्छे मराउँछ । प्रचण्डको पार्टी, माधव नेपालको पार्टी र जसपाले द्वन्द्व बढाइरहेका छन् ।’

उनले अहिलेको सरकारले साम्प्रदायिक द्वन्द्व बढाउने काम गरिरहेका समेत आरोप लगाए ।

प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार ०९:२०

Leave a Reply