No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

झलनाथको प्रश्नः कोशीमा मात्रै गठबन्धनले दुई-दुई पटक संविधानको उल्लंघन गरेको भनेर सर्वोच्चले भनिसक्यो, हाम्रो धारणा के ?

0

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको नाममा हुने गलत कामको हाम्रो पार्टी शिकार हुन नहुने बताएका छन् ।

पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले गठबन्धनका नाममा जस्तासुकै गलत कामको  शिकार बन्न नहुने बताएका हुन् ।

उनले कोशी प्रदेशमा मात्रै दुई दुई पटक सर्वोच्चले संविधानको उल्लंघन गरेको फैसला सुनाएको भन्दै त्यसबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताए ।

उनले भने,‘संविधानको रक्षाका लागि भनेर हामीले गठबन्धन बनाएका छौं । तर कोशीमा मात्रै गठबन्धनले दुई दुई पटक संविधानको उल्लंघन गरेको भनेर सर्वोच्चले भनिसक्यो । यसमा हाम्रो धारणा के त ? गठबन्धनले गरेका सबै काम हामीले मान्ने कि पार्टीको स्पष्ट दृष्टिकोण राख्ने ?’

उनले एउटा संकल्पका साथ अघि बढेमात्र यो विराट पार्टी बन्ने बताए । खनालले नेपालमा धर्म परिवर्तन गराउने खेती भइरहेको भन्दै आपत्ति जनाए । उनले खर्बौं रुपैयाँ खर्चेर धर्म परिवर्तन गराउने खेल भइरहेको बताए । उनले धर्म निरपेक्षताको बारेमा बहस आवश्यक रहेको भन्दै संविधानविपरीत धर्म परिवर्तनको काम बन्द हुनुपर्ने बताए ।

प्रकाशित: ९ भाद्र २०८०, शनिबार १०:३२

Leave a Reply