No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सामाजिक सद्भाव भड्काउने गतिविधि कसैका लागि स्वीकार्य छैनः सभापति देउवा

0

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल पुर्याउन नमिल्ने बताएका छन् ।

शनिबार विज्ञप्ति जारी गरी सभापति देउवाले केही दिनयता धरानमा भइरहेको द्वन्द्वका विषयमा चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि अपील गरेका हुन् । देउवाले संविधानले सबैलाई आफ्नो धर्म, संस्कृति पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरुको आस्थामा समेत चोट पुर्याउन नपाइने व्यवस्था गरेको स्मरण गराएका छन् ।

उनले भनेका छन्, ‘परापूर्वकालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौ । नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्याउन पनि उचित हुँदैन ।’

प्रकाशित: ९ भाद्र २०८०, शनिबार १२:००

Leave a Reply