No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सबै धर्मको सम्मान गर्ने प्रकृति पुजक हुँः हर्क साम्पाङ

0

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू हिन्दू धर्मको विरोधी नभएको बताएका छन् । गोरु काटेको विषयलाई लिएर धरान अशान्त हुन थालेपछि शनिबार साँझ सामाजिक संजालमार्फत मेयर साम्पाङले आफू सबै धर्मको सम्मान गर्ने प्रकृति पुजक भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘हिजोसम्म मलाई नेपालकाहरुले मात्रै चिन्दथे ! आज पूरै दक्षिण एसियाले चिन्ने गरी ‘हर्क साम्पाङ मुर्दावाद’भनेको देखें सुनें ! खुसीले गदगद बनें म ! कम्सेकम मेरो नाम सम्म त सबैले लिए ! वास्तवमा म हिन्दूधर्मको विरोधी हुंदै होइन, सबै धर्मलाई सम्मान गर्ने प्रकृति पुजक हुँ म ! एक दिन हर्क साम्पाङ जिन्दावादको नारा पनि लाग्नेछ ! म ढुक्क छु।’

गोरु काटेको विषयलाई लिएर धार्मिक र जातीय विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरानमा निषेधाज्ञा लगाइएको छ । सम्भावित घटना हुन नदिन सयौंको संख्यामा प्रहरी समेत परिचालन गरिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपछि विभिन्न धार्मिक संघ संगठनले शनिबार निषेधित क्षेत्र बाहिर सद्भाव र्याली निकालेका थिए ।

प्रकाशित: ९ भाद्र २०८०, शनिबार १४:२५

Leave a Reply