No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ललिता निवास प्रकरणमा २९० जनालाई प्रतिवादी बनाई कीर्ते कसुरमा मुद्दा दर्ता

0

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले संगठित अपराधमा मुद्दा नचलाई कीर्ते गरेको अभियोगमा मुद्दा चलाउने निर्णय गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले(सीआईबी) ले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

संगठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएकाले कीर्तेमा मात्र मुद्दा चलाइएको हो । यस प्रकरणमा सरकारी कीर्तेमा २९० जनालाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको हो । सरकारी किर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो ।

यी हुन् बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका २८६ प्रतिवादी (सूचीसहित)

प्रकाशित: १० भाद्र २०८०, आईतवार ०६:३५

Leave a Reply