No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सत्ता गठबन्धनका दलहरुको हैसियत ‘म्युजिकल चेयर’का खेलाडीभन्दा माथिको होइनः अध्यक्ष ओली

0

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता गठबन्धनले तमाशा गरेको बताएका छन् । आइतबार विराटनगरमा पार्टीको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय गुज्रिएपछि दिँदै नदिएको मत सच्याउने भनेर सभाध्यक्षलाई मतदान गराई गठबन्धनले तमासा देखाएको बताएका हुन् ।

सभामुखलाई राजीनामा गराएर मन्त्री बनाउने जस्तो जात्रा दुनियाँमा कहीँ नभएको समेत उनले बताए । उनले गठबन्धनको ध्यान सत्ता कब्जा गर्ने र एमालेलाई कमजोर बनाउनेतिर मात्रै रहेको बताए ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनका दलहरू ‘म्युजिकल चेयर’का खेलाडी जत्तिको पनि नभएको टिप्पणी गरे । उनले भने, ‘यिनीहरू म्युजिकल चेयरका खेलाडीभन्दा माथिका होइनन् । म्युजिकल चेयरमा जस्तो कुदेर झ्याप्प बस्ने, बसेपछि विजेता घोषित गरी हाल्ने र विजेता भएँ भनेर हात उठाउने काम मात्र यिनीहरूले गर्छन् ।’

उनले संविधानविरुद्ध र लोकतन्त्रविरुद्ध बलमिच्याइँ गरेर सरकार बनाउने अभ्यास कोशी प्रदेशबाट सुरू भएको बताए । अध्यक्ष ओलीले अहिलेको सरकारले जातीय द्वन्द्व मच्चाउन खोजेको पनि आरोप लगाए ।

कोशी प्रदेश नामकरणको विषय निकाल्दै ओलीले अहिलेकै सत्तारुढ दलका कार्यकर्ताहरू ढुंगामुढा गर्दै बाहिर निस्केको बताए । पहिला आफूहरू संविधानअनुसार चल्दा संविधान मिच्यो भनेर ‘स्याल हुइँया’ गर्नेहरू अहिले चुइँक्क पनि नबोलेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित: १० भाद्र २०८०, आईतवार ११:१०

Leave a Reply