No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेको अवास हस्तान्तरण

0

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गरिएको छ । ललितपुरको भैंसेपाटीमा बनेका १४ वटा ब्लक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मुख्यमन्त्री र प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका छन् ।

८५ करोड रुपैयाँको लागतमा आवास भवन निर्माण गरिएको हो । त्यहाँ प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ ।

भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए । हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्ट भाडामा लिएको छ ।

प्रकाशित: १० भाद्र २०८०, आईतवार ११:४०

Leave a Reply