No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वाग्नरका प्रमुख प्रिगोजिनको मृत्युको रूसी अनुसन्धानकर्ताद्वारा पुष्टि

0

वाग्नर अर्धसैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनको बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएको औपचारिक आनुवंशिक विश्लेषणबाट पुष्टि भएको रूसको अनुसन्धान समितिले आइतबार जनाएको छ ।

छानबिन समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले भने,“टिवर क्षेत्रमा भएको विमान दुर्घटनाको अनुसन्धानको एक भाग आणविक–आनुवंशिक परीक्षण पूरा भएको छ । नतिजाअनुसार रूसी विमान दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ । उनीहरू फ्लाइट लिस्टमा उल्लेखित सूचीसँग मिल्दोजुल्दो छन् ।”

दुर्घटनाग्रस्त एम्ब्रेयर प्राइभेट जेटमा रहेका अन्य नौ जनामध्ये वाग्नरको अपरेशनको व्यवस्थापन गर्ने र रुसी सैन्य गुप्तचर निकायमा काम गर्ने एक छायाँदार व्यक्ति दिमित्री उत्किन पनि थिए । वाग्नरले मस्कोको सैन्य नेतृत्वविरुद्ध विद्रोह गरेको ठीक दुई महिनापछि क्रेमलिनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूका लागि घटनालाई ‘दुःखद’ भन्दै सम्भावित दुष्प्रचारको अफवाहलाई ‘सरासर झूट’ भनेका छन् ।

रूसी अधिकारीहरूले दुर्घटनापछि हवाई यातायात उल्लङ्घनको बारेमा अनुसन्धान सुरु गरेका छन् तर अन्यथा सम्भावित कारणको बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

प्रकाशित: १० भाद्र २०८०, आईतवार १३:३६

Leave a Reply