No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रतिपक्षीको कारण संसद राम्रोसँग चल्न सकेनः अध्यक्ष नेपाल

0

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिले जनताको समस्या केन्द्रित गर्ने संसद प्रतिपक्षीको कारण राम्रोसँग चल्न नसकेको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनको दोस्रो स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले प्रतिपक्षीले गरेको संसद् अवरोध ठीक तथा बेठीक थियो भन्ने समाचार नागरिकलाई सञ्चार जगत्ले प्रवाह गर्नुपर्ने बताए । उनले अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो औँल्याए ।

अध्यक्ष नेपालले मुलुकमा नेपाली विशेषताको समाजवाद कार्यान्वयनका लागि सुशासनको प्रत्याभूति, राष्ट्रिय पूँजीको विकास र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए ।

उनले राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखापरेका विचलन र उनीहरूमा पूँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी प्रभाव देखापरेकाले आफ्नो दललाई त्यसबाट मुक्त गर्नुपर्नेमा जोड दिए । पूँजीवादी चरित्रको अन्त्य गर्न आम कम्युनिष्टलाई एकीकृत गर्नुपर्ने भन्दै उहाँले जनतालाई समाजवादी रूपान्तरणका लागि दिशानिर्देशन गर्न सकिने बताए ।

पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठन सुदृढीकरण, पार्टीको भावी रणनीति, जनताको सेवा, सुशासन, समाजवादी व्यवस्थाका सम्भाव्यतालगायत विषयमा पत्रकारले कलम चलाउनुपर्ने बताए ।

प्रकाशित: १० भाद्र २०८०, आईतवार १९:१८

Leave a Reply