No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु

0

इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । इथियोपियाको अम्हारा क्षेत्रमा जुलाई यता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।

छिमेकी क्षेत्र टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि यस वर्ष उत्तरी क्षेत्रमा तनाव बढेको थियो जसमा अम्हाराका लडाकूहरू पनि सामेल भएका थिए ।

“इथियोपियाका केही क्षेत्रमा मानव अधिकारको अवस्था बिग्रँदै गएकोमा हामी निकै चिन्तित छौं,” संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा हर्टाडोले जेनेभामा पत्रकारसँग भने ।

उनले भने, “अम्हारा क्षेत्रमा इथियोपियाली सेना र क्षेत्रीय फानो मिलिशियाबीच झडप भड्किएपछि र अगस्ट ४ मा आपतकालीन अवस्थाको घोषणापछि स्थिति निकै खराब भएको थियो ।”

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सङ्कलन गरेको जानकारीअनुसार जुलाई यता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको छ ।

छिमेकी टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि उत्तरी क्षेत्रमा तनाव यस वर्ष बढेको थियो जसमा अम्हाराका लडाकूहरू पनि सामेल भएका थिए ।

गत अप्रिलमा सङ्घीय सरकारले देशभरका क्षेत्रीय शक्तिलाई ध्वस्त पार्ने घोषणा गरेको थियो । यस घोषणाले उनीहरूको क्षेत्रलाई कमजोर पार्ने बताउँदै अम्हारा राष्ट्रवादीहरूले विरोध प्रदर्शन सुरू गरेका थिए ।

जुलाईको सुरुमा राष्ट्रिय सेना र फानो भनिने स्थानीय लडाकूहरूबीच झडप भएको थियो, जसका कारण अगस्ट ४ मा अदिस अबाबाका अधिकारीहरूले छ महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेका थिए ।

हर्टाडोले भने, “यो स्थितिले अधिकारीहरूलाई अदालतको आदेश बिना संदिग्धहरूलाई पक्राउ गर्न, कर्फ्यु लागू गर्न र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाउन व्यापक अधिकार दिएको छ ।”

प्रकाशित: १२ भाद्र २०८०, मंगलवार १६:३६

Leave a Reply