No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मानिस बीचको भेदभाव वेदको उपज होइन, सामन्तवादी समाजशास्त्रको हो

0

डा. युवराज संग्रौला ।
सबैभन्दा ठूलो भुल त ‘धर्म’ को अनुवाद ‘रिलिजन’ गरिदिए । भारतमा कोलोनियल शासन चलाइरहेको बृटिस साम्राज्यवाद दक्षिण एसियाको संस्कृति र सभ्यता समाप्त गर्न चाहाथ्यो । त्यसैले,

१. दर्शन, कर्तव्य, ज्ञान, विज्ञान जनाउने ‘धर्म’ लाई जेम्स, मुलर, मकाउले, मिल आदिले ‘रिलेजन’ बनाइदिए । उनीहरुको रीलिजन ल्याटिन शब्द ‘लिगारे’, एकल भगवान भक्तिबाट आएको थियो। क्रिश्चियन रिलिजन एकल भगवानबाट आएको थियो ।

२. चर्चले आफूलाई सबैभन्दा माथिल्लो शक्ति मान्यो । तर बौद्धिक उत्थानको युग शुरु भएपछि, युरोपेली राज्यले चर्चको अधीन अस्वीकार गरे । यहीं जन्म्यो ‘रिलिजन र राजनीति वा राज्य र चर्चको’ पृथकता । ‘यो पृथकताको अवधारणा हो ‘सेकुलारिजम’ वा ‘निरपेक्षता।’ यसलाई नेपालमा संविधान निर्माण गर्दा ‘धर्म निरपेक्षता’ बनाइदिए ।

३. रिलिजनको अर्थ हाम्रो समाजमा कर्मकाण्ड व भगवान भक्ति हुन्छ । ‘धर्म शब्द’ आफैंमा निरपेक्ष हो। हाम्रो जीवन र जगतको बारेको दर्शन समाप्त गरेर जातीयता निर्माण गर्न यो बौद्धिक जालसाज गरिएको थियो।

हाम्रो रैथाने जीवन दर्सनको विकास वैदिक सनातन धर्म, बौद्ध धर्म र किराँत धर्मका रुपमा विकसित छ। नेपालले बोकेको जीवन दर्शनको नाम’हिन्दू’ होइन, वैदिक हो। यो दर्शनके ‘चराचर’ अर्थात् हरेक वस्तुको समानताको कुरा गर्छ।

१. भगवत गीता र सांख्या दर्शनमा ‘प्रकृति (स्थुल बस्तु) र पुरुषको उल्लेख छ। मानिस आमाको मासु र रगत अनि बाबुको शुक्रकिट लिएर जन्मन्छ। अर्थात् हरेक लोग्नेमानिस आफैंमा महिला र हरेक नारी आफैंमा पुरुष हो। दुवैको दिमाग एकै हो।

२. मानिस बीचको भेदभाव वेदको उपज होइन, सामन्तवादी समाजशास्त्रको हो ।

आज समाजमा गेरु बस्त्र भनिने हिन्दू र गाई खाने भनिएका मानिस बीचको द्वन्द्व मोदीले राजनीतिमा एकाधिकार कायम गर्न निर्माण गरेको झुठो राष्ट्रवाद र पश्चिमाको रिलिजन परिवर्तनद्वारा साम्राज्य कायम गर्ने राजनीतिको फल हो ।

३. नेपालको पहाडी भूभागमा गाई ‘दुधद्वारा मानिसलाई’ प्रोटिन र क्याल्सियम प्रदान गर्ने साधनको रुपमा गाईलाई आमाको रुपमा पुजा गर्न थालियो । यो नेपाली संस्कृति बन्यो। यो साझा संस्कृति बन्यो । गाई काट्ने आहिलेको आन्दोलन र गाई भगवान हो भनी प्रतिरोध गर्ने खेलका पछाडि नेपाली देशभक्तिमाथि प्रहार गर्ने खेल छ । द्वन्द्व चलाउनेहरुको योजना छ।
हामीले निर्माण गर्ने सद्भाव र सहिष्षुणता हो । राष्ट्रलाई द्वन्द्वमा धकेलेर राष्ट्रको गला नघोट ।

प्रकाशित: १३ भाद्र २०८०, बुधबार ०३:४९

Leave a Reply