No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गुडिरहेको जिपमाथि पहिरो खस्दा पाल्पामा तीन जनाको मृत्यु

0

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीको तम्घासबाट बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापिएको हो । ढुङ्गा सहितको पहिरोले स्कारपियो गाडी पुरिँदा तीन जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिए ।

मृतकको सनाखत हुन भने बाकी रहेको छ । गाडी भित्र अझै २÷३ जना च्यापिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ। जेसीबी बोलाइ सकेको र जेसिबीले पहिरो हटाएर उनीहरुको उद्दार गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयबासीले तत्काल ८ जना घाइतेलाई थप उपचारको लागि मिशन अस्पताल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: १३ भाद्र २०८०, बुधबार ०४:३८

Leave a Reply