No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

व्याख्यात्मक घोषणालाई एमसीसीले मान्दैनः अध्यक्ष ओली

0

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी अब कार्यान्वयनमा जाने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरसँग कुरा गर्दै अध्यक्ष ओली संसदबाटै पास भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने कुरामा कुनै विवाद नरहेको बताएका हुन् ।

उनले संसदबाट एमसीसी पास गर्ने बेलामा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको भने कुनै अर्थ नभएको बताए । उनले भने, ‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो। झुटको खेस्रो सत्तापक्षले जनतालाई दिएको धोका हो । त्यसलाई एमसीसीले मान्दैन। तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एमसीसी मानिसकेको अवस्थामा व्याख्यात्मक घोषणा सम्झौताको अंग हुन्छ भन्दै संसदमा नै बोलेर जनता एवं संसदलाई धोका दिने काम भयो।’’

उनले एमसीसी पास गर्नु उपयुक्त हो कि हैन भनेर त्यतिबेलै सोच्नुपर्ने विषय भएको बताए । एमसीसी परियोजनाका उपाध्यक्ष नेपाल आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाटै अनुमोदन भएको व्याख्यात्मक घोषणा सम्झौताको हिस्सा हुन्छ कि हुँदैन भनेर आफूले सोध्ने बताएका थिए।

प्रकाशित: १३ भाद्र २०८०, बुधबार ०६:५१

Leave a Reply