No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकी संसदमा दङ्गा गर्ने समूहका नेतालाई २२ वर्ष कैद सजाय

0

सन् २०२१ को जनवरीमा अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद् भवनमा भएको दङ्गाको योजना बनाएको आरोपमा ’प्राउड बोइज’ समूहका एक पूर्वनेतालाई २२ वर्षको जेल सजाय सुनाइएको छ।

‘क्यापिटल’ भनिने अमेरिकी संसद् भवनभित्र त्यसबेला भएको घटनामा संलग्नहरूलाई दिइएको यो नै सबैभन्दा लामो सजाय हो। उनलाई गत मे महिनामा सरकारविरुद्धको षड्यन्त्र र अन्य केही आरोपमा दोषी ठहर्याइएको थियो ।

३९ वर्षीय एनरिके तारिओ उक्त घटनाका समयमा वाशिङ्टनमा थिएनन् तर त्यहाँ भएको दङ्गामा उनले उक्त चरम दक्षिणपन्थी समूहको सङ्लग्नताको संयोजन गर्न सघाएका थिए । घटनामा संलग्नताको आरोपमा ११ सय भन्दाबढी मानिसहरू पक्राउ परेका छन् ।

मङ्गलबार आफूमाथि हुने सजाय थाहा पाउनुअघि तारिओले भावुक भएर प्रहरी र वाशिङ्टन डीसीका मानिसहरूसँग सन् २०२१ जनवरी ६ को घटनामा आफ्नो संलग्नताका लागि माफी मागेका थिए ।

त्यति बेला जो बाइडनले राष्ट्रपतीय निर्वाचन जितेको प्रमाणित गर्नका लागि सांसदहरूको बैठक भइरहेका समयमा डोनल्ड ट्रम्पका समर्थकहरू संसद् भवनभित्र प्रवेश गरी आक्रमण गरेका थिए।

प्रकाशित: २० भाद्र २०८०, बुधबार १५:४०

Leave a Reply