No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

0

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ । संघले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शनसमेत गरेको छ ।

नेविसंघले काठमाडौंका क्याम्पस अगाडि  गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको हो ।प्रदर्शनकारीहरुले मसाल जुलुसहित विरोध प्रदर्शन गरेका छन् ।

सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि खुकुरी प्रहार भएको थियो । उनलाई नुवाकोटको विदुर नगरपालिका– ७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेको र उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

यसैबीच नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गरी गृहमन्त्रीको राजीनामा माग गरेका छन् । उनले भनेका छन्, ‘देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रुपले असफल भएको यस घटनाले पुष्टी गरेको छ । यस घटनाको सम्पूर्ण जिम्मेवारी सरकार र गृह मन्त्रालयले लिनु पर्ने स्पष्ट छ । तसर्थ राजधानीको सार्वजनिक स्थलमा पूर्व मन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृह मन्त्रीको राजीनामा समेत माग गर्दछौँ ।’

नेविसंघले आकमणमा संलग्न अपराधी र जोडिएका पक्षबारे सुक्ष्म अनुसन्धान गरी कडा भन्दा कडा कारवाहीको माग समेत गरेको छ ।

प्रकाशित: २० भाद्र २०८०, बुधबार १५:५७

Leave a Reply