No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन

0

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे सात बजे निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ । उच्च ज्वरो र निमोनियाँ देखिएपछि नलाई अस्पताल लगिएको थियो ।

पाँच दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार उनको पार्थिक शरीरलाई श्रद्धाञ्जली दिनका लागि विहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।

उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो । कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षमा निर्वाचित भएसँगै फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन साहसँग उनको चर्काचर्की पनि परेको थियो । पछि मेयर साह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए ।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार ०३:१७

Leave a Reply