No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालमा ६२ प्रतिशत कृषक परिवार

0

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ । हरेक १० वर्षमा हुने गणनाको नतिजा बिहीबार सार्वजनिक गरिएको हो ।

राष्ट्रिय कृषिगणना २०७८ का अनुसार नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । कृषिगणनाका अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषि परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको दिएको थियो ।

कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखिएको थियो ।

यो कृषि गणनाले यस्ता कृषक परिवार अन्तर्गत जम्मा कित्ता सङ्ख्या एक करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता सङ्ख्या २.८ देखिएको छ । अघिल्लो कृषिगणनाले यो सङ्ख्या क्रमशः एक करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो ।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार ०७:५४

Leave a Reply