No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अनि चीनले चिनेन नेपालको चुच्चे नक्सा

0

केशवप्रसाद भट्टराई ।
राजा महेन्द्रको पालामा नेपाल र चीनबीच सीमा सन्धि हुँदा नेपाल भारत र चीनको त्रिदेशीय विन्दु पहिचान गरिएन । नेपाल, भारत र चीन भन्दा पर एक नम्वर सीमा स्तम्भ खडा गरेर सीमा तय गरियो । शून्य लेखिएको पहिलो स्तम्भ हामीले राखेनौं । सीमा छुटयाएनौं , सीमाको पहिचान गरेनौ । २०१५मा चीन र भारतबीच क्विङ्ला–लिपु भएर व्यापार गर्ने सम्झौता गरे । नेपालले लिपुलेक त्रिदेशीय सीमा बिन्दु भएकोले नेपालको सहमति बेगर त्यस्तो सम्झौता भारत र चीनले गर्न नसक्ने भनेर विरोध गर्यो ।

सुशील कोइराला सरकारले त्यसको औपचारिक विरोध गरेर भारत र चीनलाई पत्राचार गर्यो । नेपालको संसदले त्यसै भनेर निर्णय गर्यो । नेपालले लिखित रुपमा भारत र चीनलाई लिपुलेक त्रिदेशीय विन्दु मानेको छ अर्थात् नेपालको उत्तरी सीमाना लिपुलेकमा पुगेर टुँगिन्छ । पछि हामीले लिपुलेक भन्दा पर लिम्पियाधुरासम्म हाम्रो भूभाग भनेर आफैंले निर्णय गर्यौं । संसदले अनुमोदन गर्यो, संविधान फेरियो । चीनसँग हामीले विधिवत विरोध जनाएर लिपुलेकसम्म मात्रै हाम्रो भनेका छौं । हामीले बनाएको नयाँ नक्सा चीनलाई पठाएका छैनौ । अनि चीनले नेपालको चुच्चे नक्सा चिनेन ।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार ०२:५९

Leave a Reply