No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मोरक्कोमा भूकम्पबाट करिव तीनसय जनाको मृत्यु

0

मोरक्कोमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २९६ जनाको मृत्यु भएको छ । माराकेशबाट ७१ किलोमिटर दक्षिण–पश्चिममा १८.५ किलोमिटर गहिराइमा रहेको उच्च एटलस पर्वतमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

स्थानीय समय अनुसार शुक्रबार २३ः११ मा भूकम्प गएको थियो । त्यसको १९ मिनेटपछि ४.९ परकम्प गएको थियो । माराकेश र दक्षिणका धेरै क्षेत्रमा मानिसको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भूकम्पबाट माराकेशको पुरानो सहरका केही भवनहरू ध्वस्त भएका छन् ।

प्रकाशित: २३ भाद्र २०८०, शनिबार ०३:०८

Leave a Reply