No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूकम्पबाट मोरक्कोमा ६ सय भन्दाबढीको मृत्यु

0

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । शुक्रबार राति गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३२ पुगेको बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै भूकम्पमा परी ३२९ जना घाइते भएका छन् । पर्यटकीय शहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। धेरैजस्तो मानवीय क्षति माराकेश शहरमा भएपनि अन्य पाँच प्रान्तमा पनि भूकम्पको धक्का महशुस भएको थियो ।

मोरक्कोको प्रमुख मध्येको शहर माराकेशमा ठूलो क्षति भएको र कतिपय परिवार भग्नावशेषमा पुरिएका विवरण आएका छन् । सामाजिक सञ्जालमा राखिएका भिडियोमा भत्किएका भवनहरू, हल्लिरहेका घरहरू र चोकमा जम्मा भग्नावशेषहरू देख्न सकिन्छ शक्तिशाली परकम्प आउनसक्ने डरले मानिसहरू आफ्ना घर बाहिर नै बसेका छन् ।

भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्सको दुर्गम क्षेत्रमा भएको भएपनि कम्पनहरू राजधानी रुबात अनि कासाब्लाङ्का र सुइरासम्म महसुस गरिएका थिए । भूकम्पको केन्द्रबिन्दु नजिकैका स्थानमा भवनहरू सग्लो नरहेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रकाशित: २३ भाद्र २०८०, शनिबार ०७:२५

Leave a Reply