No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जोकोभिचलाई ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि

0

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय जोकोभिचले सोमबार बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् ।

यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि हो । जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

यसअघि विम्बल्डनको फाइनलमा स्पेनिस खेलाडी कार्लोस अल्कारेजसँग पराजित हुँदा जोकोभिचले कीर्तिमान बराबरी गर्न पाएका थिएनन्।

प्रकाशित: २५ भाद्र २०८०, सोमबार ०३:२२

Leave a Reply