No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कानुन व्यक्तिको हुकुममा भएपछि गणतन्त्र हुँदैन

0

राजेन्द्र थापा ।
कानुन व्यक्तिको हुकुममा भएपछि गणतन्त्र हुँदैन । हर्क साम्पाङलाई प्रश्न सोधेको ‘जघन्य अपराध’मा धरानका अशोक लिम्बुलाई नगर प्रहरीले पक्राउ गरेर प्रहरीलाई बुझाएपछि थुनामा राखे । यसले गम्भीर कानुनी संकट उब्जाएको छ । नगर प्रहरी नाम राखे पनि त्यो पुलिस होइन । त्यसलाई कसैलाई पक्राउ गर्ने अधिकार कानुनले दिएको छैन । नगर प्रहरी या स्वयम् नगरपालिका कानुन कार्यान्वयन गर्ने निकाय हो, न गृह न मन्त्रिपरिषद या प्रधानमन्त्री या गृहमन्त्री नै हो । प्रहरीलेसमेत घटनास्थलमा अपराध गरिरहेको अवस्थाबाहेक अरु बेला अदालतको वारेन्ट ल्याउनुपर्छ । न त नगर प्रहरीले ल्याएकोलाई प्रहरीले थुन्न मिल्छ । अपराध गरेकाले कारबाही गरी हर्कले निजी हैसियतमा प्रहरीमा मुद्दा दर्ता गर्नुपर्नेछ । हुन त नगरपालिकाले प्रहरीले जस्तै युनिफर्म फुली र दर्जा दिइरहेको छ जुन स्वयम् गलत छ ।

आफूलाई सक्कली पुलिसको भ्रममा गलत गरिरहेका छन् । उस्तै फुली लगाएर मात्तेको छ । कुन दिन डीआईजी, एआईजी र आईजीपी पनि देलान् बालेनले । सवाल छ कुन ऐनले नगरपालिकाले यस्ता गार्ड समूह स्थापना गर्छ ? प्रहरी शव्द पोशाक, दर्जा, फुली गैरकानुनी हो । नगर रक्षक भनेर प्रहरीभन्दा फरक लुगा फुली र दर्जा दिनुपर्छ । यता नक्कल गर्दा मूर्खता भयो । अमेरिकामा नाम देखे तर नबुझेर यता बनाए शायद केशवले कि पिएलले ? अमेरिकी शहरहरुमा स्टेट गभर्मेन्टको पुलिस हुन्छ त्यसको न्युयोर्क पुलिसको एक शाखा हुनसक्छ न्युयोक मेट्रो पुलिस डिपार्टमेन्ट । त्यो सरकारको कानुन कार्यान्वयन गर्ने निकाय हो । नेपालमा पनि मेट्रो पुलिस छ नि कानुन कार्यान्वयन गर्न । तर नगरपालिकको फरक हो । तर स्वयम् प्रहरी हेक्कामा मौन छ ।

प्रकाशित: २५ भाद्र २०८०, सोमबार ०४:१२

Leave a Reply