No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मैत्रीपूर्ण फुटबलमा नेपाल म्यानमारसँग पराजित

0

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारसँग पराजित भएको छ । सोमवार म्यानमारको याङ्गोनमा रहेको थुवुना रङ्गशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो ।

म्यानमारका लागि विन नाइन तुनले खेलको ८६ औँ मिनेटमा गोल गरे । यसअघि शुक्रवार भएको पहिलो खेलमा दुवै टोलीले गोलरहित बराबर खेलेका थिए ।

प्रकाशित: २५ भाद्र २०८०, सोमबार १३:१९

Leave a Reply