ठाकुर पोखरेल ।
‘जनताले कांग्रेस कम्युनिष्टको बिकल्प खोजेका छैनन् भन्ने हुँदै होईन। बरु विकल्पमा आउँछु भन्नेहरुलाई नागरिकहरुले तुरुन्तै बिश्वास नगरेको मात्र हो’
राजनीतिमा युवाहरुको सक्रियता-:
अब देशले व्यवस्था परिवर्तनका नाममा फेरि पनि द्वन्द्व, राजनीतिक अस्थिरता, आन्दोलन थेग्न सक्दैन। कति चोटि यो वा त्यो भएन भन्दै आन्दोलन गर्ने ? कति संविधान बदल्ने? कुन बहानामा परिवर्तन ? फेरि पनि २५/३० वर्ष देशलाई अस्थिर बनाई नै रहने ? अब व्यवस्था परिवर्तनका लागि कुनै पनि किसिमको आन्दोलन देशले थेग्न सक्दैन! ”लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्र नै हो” अब सामाजिक र आर्थिक समृद्धिका लागि अघि बढ्नु पर्छ। समाजवादका कुरा पनि तत्काल छोडौ ! समाजवादका व्याख्या विश्लेषण तिर लाग्ने हो भने दलगत स्वार्थमा फरक फरक व्याख्या र विश्लेषण मै हाम्रा पुराना दलहरुले हलो अड्काउने छन्, राजनीतिक झगडा बढाएर समय खेरा फाल्ने छन्। काङ्ग्रेसको बुझाइमा- लोकतान्त्रिक समाजवाद होला, जुन बि पि बाट २०१२ तिरको ब्याख्या, साष्त्रिय कम्युनिष्ट हौ भन्नेहरुको साम्यवादमा पुग्ने भर्याङ समाजवाद हो भन्ने होलान् ! लोकतान्त्रिक कम्युनिष्ट(युरो) हरु एमाले र माओवादीको परिभाषा अनुसार मिसनमासन संसदीय सत्तामा बस्ने, लोकलाज ढाक्ने किसिमको यो पनि, त्यो पनि ! कामचलाउ समाजवाद भन्ने होलान जुन अवस्थामा अहिले एमाले र माओवादीको सत्ता राजनीति चलिरहेको पाइन्छ ! तर एकाइसौं शताब्दीको विश्व कै जनचेतना लाई सम्बोधन हुने समाजवाद भनेको “समुन्नत समाजवाद” जहाँ व्यक्तिगत स्वतन्त्रता र सामाजिक दाइत्व, सार्वजनिक हितको संरक्षण सहित अग्रगामी कार्यदिशा हुन्छ।
शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन राज्यको दायित्व भित्र रहन्छ भने व्यक्तिगत स्वतन्त्रता सार्वभौमिकता लोकतान्त्रिक मुल्य मान्यतामा आधारित हुन्छ। पूँजीको विकासका लागि खुल्ला बजार अर्थतन्त्र नितिमा आधारित हुन्छ। हामीले यसैलाई समुन्नत समाजवाद बुझेका छौ (डा बाबुराम भट्टराईको ‘५ स’ मा आधारित) समतामूलक समृद्धि, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, स्वाधीनता/सार्वभौमिकता, समुन्नत समाजवाद ।
वैकल्पिक राजनीतिको मूलबाटो-:
वैकल्पिक राजनीतिको मूलबाटो-भाग -१ र भाग-२ मा मैंले आफ्नो धारणा सहित हाल नेपालमा चलनचल्तीका पुराना दलहरुले बिराएको बाटो , देश र जनता प्रति अपनाएको कुबाटो र कुसंस्कार बारे उल्लेख लेख सार्वजनिक गरेको अब वैकल्पिक राजनीतिको मूलबाटो नै यही ‘५ स’ मा आधारित हुनु पर्छ। विश्व राजनीतिमा यो नै तेस्रो विकल्प उपयुक्त हो भने नेपालमा पनि पुराना दलहरुको ल्याङल्याङ भत्काएर नयाँ विचार र दीर्घकालिन विकाश योजनामा नयाँ पुस्ताका युवा क्षमता लाग्नु अत्यन्त महत्वपूर्ण र प्रभावकारी हुन्छ। वैकल्पिक राजनीति भनेकै समुन्नत समाजवादका लागि हो ।
विगत देखि हालसम्म संक्षिप्तमा -:
राजनीतिक आन्दोलन र तिनका बलमा सत्ता परिवर्तन हुने संसारका थोरै मुलुकमध्ये नेपाल पनि एक हो । धेरै अघिको ईतिहास सम्म जानै पर्दैन– २००७, २०१७, २०४६ र २०६३ लाई सम्झँदा नै पर्याप्त हुन्छ । एउटा मुलुकको जीवनमा कतिवटा राजनीतिक लडाइँ र कतिवटा परिवर्तन भए पछि स्थिरता र विकासले गति पक्रन्छ ? यस प्रश्नको उत्तर सायद नेपाली राजनीतिका हाल चलनचल्तीका खेलाडी नेतृत्वहरुसँग छैन होला ?
राजनीति के का लागि-:
राजनीति- राष्ट्रियता, लोकतन्त्र विकास र जनताका आधारभूत आवश्यकता परिपूर्तिका लागि गरिनुपर्ने हो तर राणशासनदेखि गणतन्त्र सम्म आइपुग्दा पनि नेपालको राजनीति सत्ता, शक्ति र पैसामा डुबुल्की मार्दै आएको छ । राजनीतिक शक्तिहरु आफ्नो दल र व्यक्तिगत स्वार्थ पूरा गर्नमा केन्द्रित हुँदै आएका छन् । नेपाल गणतन्त्रसम्म आइपुग्दा पनि देश र जनताको लागि राजनीति गर्ने जुनसुकै दल शक्तिको सरकार भए पनि आम नेपाली जनताले “हाम्रो राम्रो गर्ने विकास निर्माणको क्षेत्रमा राम्रो गर्ने सरकार” यो चाहिँ हो भनेर अनुभूति गर्न पाएनन् । व्यक्ति–व्यक्तिबीच दाउपेच अस्वस्थ दलीय प्रतिस्पर्धामा मात्र नेपालको राजनीतिले निरन्तरता पाउँदै आएको छ। सुधर हुने छाँटकाँट पनि देखिदैन।अब देशले व्यवस्था परिवर्तनका नाममा फेरि पनि द्वन्द्व, राजनीतिक अस्थिरता, आन्दोलन थेग्न सक्दैन। कतिचोटि आन्दोलन गर्ने? कति संविधान बदल्ने? के व्यवस्था परिवर्तनको नाउँमा फेरि पनि २०–२५ वर्ष देशलाई अस्थिर बनाई नै रहने?
पुराना दलहरुका नेतृत्वका कुसंस्कार-:
नेपालका राजनीतिक शक्तिहरु नेपाली कांग्रेस, एमाले, एमाओवादी र अन्य वामपन्थीहरु समेत पनि राष्ट्र र जनताको स्वार्थको लागि एकै ठाउँमा उभिई स्वस्थ प्रतिपस्र्धामा उत्रिएको भए आज देश र जनताले यो दुर्गति भोग्नुपर्ने थिएन । देश र राष्ट्रियताको सवालमा पनि एकमत रहेको पाईदैन, कोही भारतीय एजेन्ट जसरी प्रस्तुत हुने त कोही चिनको नेपाली एजेन्ट भएको जस्तै, कोही अमेरिकी जासुसी ! यसरी पुराना दलहरुले नेपाल र नेपालीको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक विविधता नाङ्गो नाच देखाउदै आएका छन्। राष्ट्रिय सवालमा एकरुपता कायम गर्न कसैले पनि सकेको देखिँदैन। त्यसकारण पनि छिमेकी देशहरुको हस्तक्षेप बढिरहेको पाईन्छ । नेपालको इतिहासमा हाम्रा पुर्खाले कहिल्यै पनि पराधीन र उपनिवेश स्विकार नगरेको देश हो हाम्रो तर अहिले राजनीतिक दलहरुको गैर जिम्मेवार हर्कतको कारणले नेपाल र नेपालीहरुको ऐतिहासिक साहसी र बहादुरी कदको मानमर्दन भएको छ । त्यसकारण नेपालको राजनीतिले हालको समय सम्म आइपुग्दा पनि सही दिशा पक्रन सकेन ।
०६२/६३ पछि नेपालमा युवा नेतृत्वको पुस्तान्तरण भएन । स्थापित युवा नेतृत्वले आफू पछि आउने पुस्तालाई मार्गनिर्देश गर्न चुक्यो र त्यो सिलसिला आजसम्म पनि जारी छ । शीर्षस्थ नेतृत्वले युवालाई आन्दोलन, संघर्ष, तोडफोड, सभा–सम्मेलन, शक्ति प्रदर्शन, प्रतिरोधजस्ता कामहरुमा केवल एउटा साधनको रुपमा प्रयोग गर्छन् तर युवाहरुको नेतृत्व विकासको सवालमा पछाडि पार्ने दुष्प्रयास एवं कुचेष्टा गर्छन् । खोला तर्न प्रयोग गरेको छडी खोला तरेपछि किनारामा अलपत्र फाल्ने बानी नै परेको छ । भाषण र गफ जति नै राम्रो गरे तापनि अधिकांश शीर्ष नेताहरुलाई युवा वर्गको आलोचनात्मक चेत मन पर्दैन । नेपाली राजनीतिमा सक्रिय युवा पुस्ता राजनीतिक संस्कारभन्दा धेरै गुटउपगुटद्वारा दीक्षित छ, आफू नजिकका ‘कमरेड’ अनि ‘दाइ’ हरूकै स्तुतिगान र त्यसबाट प्राप्त हुने क्षणिक लाभमै रमाइरहेको छ । तत्कालमा युवा नेतृत्वको संकटजस्तो मात्रै देखिए पनि भविष्यमा नेपालको मूलधारको राजनीतिको नेतृत्व गर्ने गरी एउटा जमात यसरी नै तयार हुँदै छ । ‘कमरेड’ अनि ‘दाइ’ हरूको कृपा रहिरहने हुँदा यो जमातले बाहिरबाट राजनीतिमा प्रवेश गर्न खोज्ने र यसमा गहिरो रुचि अनि इच्छा भएका नयाँ पुस्तालाई सहजै स्वीकार अवश्य गर्ने छैन । यो हामीले अहिले पनि देख्दै र भोग्दै आएको अवस्था हो ।
वर्तमान राजनीतिमा सक्षम र परिपक्व युवा नेतृत्व नहुनु भनेको भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा संकट आउनु हो । यस्तो अवस्था आउँदैन भनेर भन्न सकिदैन कारण हो – वृद्ध लम्पट नेतृत्वले ३०/४० वर्ष एकै व्यक्तिले पार्टी सत्ता र राज्यको सत्ता नछाड्ने परम्परा जतिकै भएकोले युवाहरुमा राजनीति प्रति घृणा जागेको, स्वदेशमा रोजगारी अवस्था नभएको, राजनीतिक शक्तिको आडमा चरम ज्यादती, भ्रष्टाचार, बेथिति मैलाएकोले सुशासन र आर्थिक समृद्धि को बाटोमा अवरोध बन्नेहरु नै दलका मालिकहरु हुन भन्ने यथार्थ बिष्लेषण युवा मष्तिस्कमा छाप लागेको छ । यस किसिमको गलत राजनीतिक संस्कार माथि बहस गर्न सकिएला तर हाम्रो अहिलेको राजनीतिक संस्कारले इंगित गरेको भविष्य भने त्यही नै हो । राजनीतिमा आफ्नो बाहेक विकल्प नदेख्ने नेपाली राजनीतिका नेतृत्वले आफू पछिको पुस्ता तयार पार्न त चुक्यो नै, गलत राजनीतिक संस्कारलाई बढावा दिँदै भविष्य पनि अनिश्चित राखि दिएका छन्। डरलाग्दो विषय चाहिँ पहिलो पुस्ताको अवसान पछि आउने अर्को पुस्ता पनि आफ्नो बाहेक विकल्प नदेखी राजनीतिमा आउँदै नआउँने कुसंस्कृति बन्दै गएको छ। नेपालको परिप्रेक्ष्यमा कांग्रेस कम्युनिष्टलाई नियन्त्रण र सन्तुलनमा राख्न पनि देशमा भरपर्दो अर्को शक्ति निर्माण हुन जरुरी हुन्छ।
राजनीतिमा युवाहरु सक्रिय हुनैपर्छ -:
‘युवाहरू नेतृत्व गर्न सक्दैनन्’, ‘तिनीहरू अल्लारे हुन्’, ‘यिनीहरूसँग भविष्यको परिकल्पना छैन भन्ने लम्पट पुराना दलहरुलाई बिस्तापित गर्न सक्ने क्षमता राखेर ३०/४० वर्षका युवाहरुले राष्ट्रिय राजनीतिमा सक्रिय हुनैपर्छ।
नेपालमा भएका हरेक ठूला आन्दोलनहरू युवा सहभागिताबिना असम्भवजस्तै थिए भन्नेमा कसैको दुईमत नहोला। संगठनमा गुट–उपगुट चलाउने, आन्दोलन र मोटर साइकल र्याली गर्ने बाहेकका अन्य पार्टीगत एवं संस्थागत जिम्मेवारीमा युवाहरूलाई हाम्रो राजनीतिक नेतृत्वले कहिले परीक्षण गर्यो ? हरेक आन्दोलनपछि ”युवाहरू खोला तर्न प्रयोग भएका लठ्ठी जस्तै खोला तरेपछि किनारामा फालिए”
अब के नेपाली राजनीति, अनि समाजले २५–४५ वर्षका संघीय सांसद स्वीकार गर्न सक्ला ? अवस्य पनि चुनौती आउँछ यसलाई चिर्न सचेत जनसमुदाय, राजनीतिक विष्लेशक, नागरिक समाज लगायत हामी सबै नेपालीको साथ वैकल्पिक राजनीति विचार र अग्रगामी कार्यदिशाका लागि हुन्छ, हुनुपर्छ। नेपालको परिप्रेक्ष्यमा कांग्रेस कम्युनिष्टलाई नियन्त्रण र सन्तुलनमा राख्न पनि देशमा भरपर्दो अर्को शक्ति निर्माण हुन जरुरी हुन्छ।
विगत देखि हालसम्म संक्षिप्तमा -:
राजनीतिक आन्दोलन र तिनका बलमा सत्ता परिवर्तन हुने संसारका थोरै मुलुकमध्ये नेपाल पनि एक हो । धेरै अघिको ईतिहास सम्म जानै पर्दैन– २००७, २०१७, २०४६ र २०६३ लाई सम्झँदा नै पर्याप्त हुन्छ । एउटा मुलुकको जीवनमा कतिवटा राजनीतिक लडाइँ र कतिवटा परिवर्तन भए पछि स्थिरता र विकासले गति पक्रन्छ ? यस प्रश्नको उत्तर सायद नेपाली राजनीतिका हाल चलनचल्तीका खेलाडी कसैसँग छैन होला ? राजनीति- राष्ट्रियता, लोकतन्त्र विकास र जनताका लागि गरिनुपर्ने हो तर राणशासनदेखि गणतन्त्र सम्म आइपुग्दा पनि नेपालको राजनीति सत्ता, शक्ति र पैसामा डुबुल्की मार्दै आएको छ । राजनीतिक शक्तिहरु आफ्नो दल र व्यक्तिगत स्वार्थ पूरा गर्नमा केन्द्रित हुँदै आएका छन् । नेपाल गणतन्त्रसम्म आइपुग्दा पनि देश र जनताको लागि राजनीति गर्ने जुनसुकै दल शक्तिको सरकार भए पनि आम नेपाली जनताले “हाम्रो राम्रो गर्ने विकास निर्माणको क्षेत्रमा राम्रो गर्ने सरकार” यो चाहिँ हो भनेर अनुभूति गर्न पाएनन् । व्यक्ति–व्यक्तिबीच दाउपेच अस्वस्थ दलीय प्रतिस्पर्धामा मात्र नेपालको राजनीतिले निरन्तरता पाउँदै आएको छ। सुधर हुने छाँटकाँट पनि देखिदैन।
नेपालका राजनीतिक शक्तिहरु नेपाली कांग्रेस, एमाले, एमाओवादी र अन्य वामपन्थीहरु समेत पनि राष्ट्र र जनताको स्वार्थको लागि एकै ठाउँमा उभिई स्वस्थ प्रतिपस्र्धामा उत्रिएको भए आज देश र जनताले यो दुर्गति भोग्नुपर्ने थिएन । देश र राष्ट्रियताको सवालमा पनि एकमत रहेको पाईदैन, कोही भारतीय। त्यसकारण पनि छिमेकी देशहरुको हस्तक्षेप बढिरहेको पाईन्छ । नेपालको इतिहासमा कहिल्यै पनि पराधीन र उपनिवेश स्विकार नगरेको देश हो हाम्रो तर अहिले राजनीतिक दलहरुको गैर जिम्मेवार हर्कतको कारणले नेपाल र नेपालीहरुको ऐतिहासिक साहसी र बहादुरी कदको मानमर्दन भएको छ । त्यसकारण नेपालको राजनीतिले हालको समय सम्म आइपुग्दा पनि सही दिशा पक्रन सकेन ।
०६२/६३ पछि नेपालमा युवा नेतृत्वको पुस्तान्तरण भएन । स्थापित युवा नेतृत्वले आफू पछि आउने पुस्तालाई मार्गनिर्देश गर्न चुक्यो र त्यो सिलसिला आजसम्म पनि जारी छ । शीर्षस्थ नेतृत्वले युवालाई आन्दोलन, संघर्ष, तोडफोड, सभा–सम्मेलन, शक्ति प्रदर्शन, प्रतिरोधजस्ता कामहरुमा केवल एउटा साधनको रुपमा प्रयोग गर्छन् तर युवाहरुको नेतृत्व विकासको सवालमा पछाडि पार्ने दुष्प्रयास एवं कुचेष्टा गर्छन् ।
खोला तर्न प्रयोग गरेको छडी खोला तरेपछि किनारामा अलपत्र फाल्ने बानी नै परेको छ । भाषण र गफ जति नै राम्रो गरे तापनि अधिकांश शीर्ष नेताहरुलाई युवा वर्गको आलोचनात्मक चेत मन पर्दैन । नेपाली राजनीतिमा सक्रिय युवा पुस्ता राजनीतिक संस्कारभन्दा धेरै गुटउपगुटद्वारा दीक्षित छ, आफू नजिकका ‘कमरेड’ अनि ‘दाइ’ हरूकै स्तुतिगान र त्यसबाट प्राप्त हुने क्षणिक लाभमै रमाइरहेको छ । तत्कालमा युवा नेतृत्वको संकटजस्तो मात्रै देखिए पनि भविष्यमा नेपालको मूलधारको राजनीतिको नेतृत्व गर्ने गरी एउटा जमात यसरी नै तयार हुँदै छ । ‘कमरेड’ अनि ‘दाइ’ हरूको कृपा रहिरहने हुँदा यो जमातले बाहिरबाट राजनीतिमा प्रवेश गर्न खोज्ने र यसमा गहिरो रुचि अनि इच्छा भएका नयाँ पुस्तालाई सहजै स्वीकार अवश्य गर्ने छैन । यो हामीले अहिले पनि देख्दै र भोग्दै आएको अवस्था हो ।
वर्तमान राजनीतिमा सक्षम र परिपक्व युवा नेतृत्व नहुनु भनेको भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा संकट आउनु हो । यस्तो अवस्था आउँदैन भनेर भन्न सकिदैन कारण हो – वृद्ध लम्पट नेतृत्वले ३०/४० वर्ष एकै व्यक्तिले पार्टी सत्ता र राज्यको सत्ता नछाड्ने परम्परा जतिकै भएकोले युवाहरुमा राजनीति प्रति घृणा जागेको, स्वदेशमा रोजगारी अवस्था नभएको, राजनीतिक शक्तिको आडमा चरम ज्यादती, भ्रष्टाचार, बेथिति मैलाएकोले सुशासन र आर्थिक समृद्धि को बाटोमा अवरोध बन्नेहरु नै दलका मालिकहरु हुन भन्ने यथार्थ बिष्लेषण युवा मष्तिस्कमा छाप लागेको छ । यस किसिमको गलत राजनीतिक संस्कार माथि बहस गर्न सकिएला तर हाम्रो अहिलेको राजनीतिक संस्कारले इंगित गरेको भविष्य भने त्यही नै हो । राजनीतिमा आफ्नो बाहेक विकल्प नदेख्ने नेपाली राजनीतिका नेतृत्वले आफू पछिको पुस्ता तयार पार्न त चुक्यो नै, गलत राजनीतिक संस्कारलाई बढावा दिँदै भविष्य पनि अनिश्चित राखि दिएका छन्। डरलाग्दो विषय चाहिँ पहिलो पुस्ताको अवसान पछि आउने अर्को पुस्ता पनि आफ्नो बाहेक विकल्प नदेखी राजनीतिमा आउँदै नआउँने कुसंस्कृति बन्दै गएको छ। नेपालको परिप्रेक्ष्यमा कांग्रेस कम्युनिष्टलाई नियन्त्रण र सन्तुलनमा राख्न पनि देशमा भरपर्दो अर्को शक्ति निर्माण हुन जरुरी हुन्छ।
‘युवाहरू नेतृत्व गर्न सक्दैनन्’, ‘तिनीहरू अल्लारे हुन्’, ‘यिनीहरूसँग भविष्यको परिकल्पना छैन भन्ने लम्पट पुराना दलहरुलाई बिस्तापित गर्न सक्ने क्षमता राखेर ३०/४० वर्षका युवाहरुले राष्ट्रिय राजनीतिमा सक्रिय हुनैपर्छ। नेपालमा भएका हरेक ठूला आन्दोलनहरू युवा सहभागिताबिना असम्भवजस्तै थिए भन्नेमा कसैको दुईमत नहोला। संगठनमा गुट–उपगुट चलाउने, आन्दोलन र मोटर साइकल र्याली गर्ने बाहेकका अन्य पार्टीगत एवं संस्थागत जिम्मेवारीमा युवाहरूलाई हाम्रो राजनीतिक नेतृत्वले कहिले परीक्षण गर्यो ? हरेक आन्दोलनपछि ‘युवाहरू खोला तर्न प्रयोग भएका लठ्ठी जस्तै खोला तरेपछि किनारामा फालिए’
अब के नेपाली राजनीति,अनि समाजले २५–५० वर्षे संघीय सांसद स्वीकार गर्न सक्ला त ? अवस्य पनि चुनौती आउँछ यसलाई चिर्न सचेत जनसमुदाय, राजनीतिक विष्लेशक, नागरिक समाज लगायत हामी सबै नेपालीको साथ वैकल्पिक राजनीति विचार र अग्रगामी कार्यदिशाका लागि हुन्छ, हुनुपर्छ।
नेपालको परिप्रेक्ष्यमा कांग्रेस कम्युनिष्टलाई नियन्त्रण र सन्तुलनमा राख्न पनि देशमा भरपर्दो अर्को शक्ति निर्माण हुन जरुरी हुन्छ त्यो मार्ग भनेकै वैकल्पिक राजनीति जुन नयाँ विचार र दीर्घकालिन कार्ययोजना सहित अग्रगामी राजनीतिक मार्ग हो। सबैको जय होस्।


