+

अग्रगामी ती हुन् जो ‘शास्त्रीय विज्ञान’ का आधारमा राजनीति गर्दछन्

२३ श्रावण २०७९, सोमबार ११:३९

ठाकुर पोखरेल ।

वैकल्पिक राजनीतिको मूलबाटो!
भाग —४
वैकल्पिक राजनीति जरूरी छ । यसको सफलताको एउटै शर्त हुन्छ- सोच र शैलीमा ‘प्रतिमान परिवर्तन'(paradigm shift) । तर आजका वैकल्पिक हुँ भन्नेबाट यो सम्भव देखिंदैन । त्यसैले, नयाँ शिराबाट वैकल्पिक राजनीतिको सुरुवात गर्नु जरूरी भएको छ । यसको पहिलो कदम, वैकल्पिक राजनीतिका नाममा विगतमा भएका त्रुटिहरूको पहिचान गर्नु हो ।
 विषय सन्दर्भ -:
विगत एक दशकदेखि ‘वैकल्पिक राजनीति’ को चर्चा परिचर्चा निकै हुदै आएको भएपनि अब विस्तारै मथ्थरहुदैगएको पाईन्छ। वैकल्पिक राजनीति गर्छु भन्नेहरूको आफ्नै गुनासो छ। उनीहरू भन्दछन्- ”हामीसँग सही विचार छ, तर जनताले बुझिदिएनन् , हाम्रा कुरा जनताले सुनिदिएनन्” तर अझै पनि ‘वैकल्पिक राजनीति वालाहरू आफूभित्र कमजोरी छ भन्ने कुरा स्वीकार गर्न तयार छैनन् ।
वैकल्पिक राजनीति’ र वस्तुस्थिति -:
सन २०१३/०१४ तिर वैकल्पिक राजनीति वारे बौद्धिक जगतमा निकै चासो हुन्थ्यो। यसको गुदी सम्म चिन्तित मनन् गर्दा नेपाली समाजको लागि मात्र हैन विश्व परिदृश्यमा समेत तेस्रो राजनीतिक ध्रुवको दर्शन नेपाल बाट उदाउँछ भन्ने लागेको थियो ! पूँजी वाद र साम्यवाद बीचको तालमेल बाट उपयुक्त समुन्नत समाजवाद पक्कै उदाउँछ किन कि विश्व मानव समाजमा पूँजी वादी र साम्यवादी हतियारको प्रयोग भैसकेको र मानवीय स्वभाव पनि नयाँ नयाँ विचार र कार्यदिशा प्रति लालायित हुन्छन्, समाजले जहिलेसुकै पनि अग्रगमन रुचाउछन् । ‘पुरानो हतियार भुट्टे भएको हुँदा नयाँ धार भएको हतियार सबैको रोजाईमा हुन्छ’ भने झै साम्यवाद र पूँजी वाद ले अढाई तिन सय वर्ष विश्व परिदृश्यमा राज गरिसकेको अब यसका नकरात्मक प्रभावले मानवीय सुख, शान्ति, समृद्धि भन्दा पनि अशान्ति, अस्वस्थ प्रतिस्पर्धा,रिस आवेग र विनासका बाटो तिर परिणति हुदै गएकोले नयाँ विचार मन्थन हुनु वा जन्मनु राम्रो पक्ष हो अझ राम्रो सानो तर स्वाभिमान मुलुक नेपाल बाटै !

“वैकल्पिक राजनीति” निकै मिठो शब्द ! तत्काल नेपाल कै सन्दर्भमा विध्यमान राजनीतिक परिदृश्य देख्दा पनि राणा शासनको अन्त्य वि•सं २००७ देखि २०१७, २०३६, २०४६, २०६३, का व्यवस्था परिवर्तन र यी परिवर्तन मा आफ्नो युवा क्षमता खर्चिएका काङ्ग्रेस र कम्युनिष्ट पार्टीको आफ्नै सत्ता हुदाँ समेत नेपाली समाजको बनावट र चरित्र अनुसार समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्न सकेनन्, अझ २०४६ पछि लाई मात्र मुल्यांकन गर्ने हो भने पनि काङ्ग्रेस र कम्युनिष्ट सँग नेपाली समाज धेरै ससंकित भए ! कारण हो भ्रष्टाचार, बेथिति, अशान्ति, अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय हस्तक्षेपले सिङ्गो राष्ट्र अन्योलमा फसिरहेको छ। त्यस कारण पनि यी पुरानालाई विस्थापित गरेर नयाँ विचार र एजेण्डा सहितको विकल्प नेपाली समाजले महसुस गरेकै हुन।
वैकल्पिक वालाहरुमा सिथिलता -:
लगभग एक दशकदेखि नै विभिन्न व्यक्ति र समूहले यो शब्दको राग गाए । तर आजसम्म आउँदा न त निर्णायक शक्ति सिर्जना भयो, न त मौलिक धार । स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार उदाएपछि अहिले ‘वैकल्पिक राजनीति’को राग मधुरो भएको छ । वैकल्पिक राजनीति गर्छु भन्नेहरूको आफ्नै गुनासो छ । उनीहरू भन्दछन्- ”हामीसँग सही विचार छ, तर जनताले बुझिदिएनन् , हाम्रा कुरा जनताले सुनिदिएनन्” तर अझै पनि ‘वैकल्पिक राजनीतिवालाहरू आफूभित्र कमजोरी छ भन्ने कुरा स्वीकार गर्न तयार छैनन् ।’

राजनीतिको ‘अवधारणा’ अन्तर्गत समाजको अतित कस्तो थियो र भविष्य कस्तो हुनेछ भन्ने कुराको निरुपण गरिन्छ । शास्त्रीय राजनीतिमा दुई धार प्रचलित छन् । यिनीहरूले यस विषयमा ठिक विपरित कुरा गर्दछन् । एकथरी अतित राम्रो थियो, भविष्य खराब आउँदैछ भन्दछन् । अर्कोथरी अतित खराब थियो, भविष्य राम्रो आउँदैछ भन्दछन् । अर्थात्, एकथरी पश्चगामी र अर्कोथरी अग्रगामी छन् । शास्त्रीय दलका नेता जस्तै ‘वैकल्पिक नेता’ पनि सतही र गफाडी देखिए! अरुलाई वैकल्पिक बन भन्ने तर आफू पुरानै कार्यशैलीमा !
———————————–
परिवर्तन आफैंबाट सुरु हुन्छ-:
गफमा आफु र आफ्नो वैकल्पिक स्पष्टता झल्काउने शब्द बारम्बार दोहोर्याए पनि भुइँ तहका जनताको एजेण्डाहरु के कस्ता छन भन्ने तर्फ खोतल्ने दुरदर्शी दृष्टि भएको वैकल्पिक नेतृत्व देखिएन भेटिएन । जनताका समस्या दिनानुदिन झनै जटिल बन्दै गएको छ, केन्द्रका वैकल्पिक राजनीतिक नेतृत्वलाई समर्थन गर्ने हजारौं कार्यकर्ता तथा भोटरहरु बारम्बार अलपत्र परिरहे, त्यतिमात्र होइन फरक राजनीति आस्था भएकाहरुबाट समेत अपमानित हुदाँ केन्द्रीय नेतृत्व मुखदर्शक हुने परिस्थितिले भएको संगठन पनि नयाँ थपिने भन्दा भत्किने क्रम बढी नै भयो, संरक्षण गर्ने संगठित समूह नहुदाँ समर्थन गुम्दै गएको हो । कतिपय आफुलाई ‘वैकल्पिक नेता’ भन्ने तर भ्रष्ट नेतासँग मीत लगाउँदै व्यस्त रहे ।
वास्तविकता यो हो कि ज-जसले नेपालमा वैकल्पिक राजनीति गर्छु भने, ती वास्तविक वैकल्पिक नै थिएनन् । उनीहरूसँग वैकल्पिक सोच र विचारधारा नै थिएन । उनीहरू पुराना शास्त्रीय दल भन्दा अलिकति पनि फरक थिएनन् । उनीहरू असफल हुनुको मूल कारण नै यही हो ।
वैकल्पिक राजनीति जरूरी छ । यसको सफलताको एउटै शर्त हुन्छ- सोच र शैलीमा ‘पाराडाइम शिफ्ट’ । तर आजका वैकल्पिक हुँ भन्नेबाट यो सम्भव देखिंदैन । त्यसैले, नयाँ शिराबाट वैकल्पिक राजनीतिको सुरुवात गर्नु जरूरी भएको छ । यसको पहिलो कदम, वैकल्पिक राजनीतिका नाममा विगतमा भएका त्रुटिहरूको पहिचान गर्नु हो ।

अग्रगामी ती हुन् जो ‘शास्त्रीय विज्ञान’ का आधारमा राजनीति गर्दछन् । यसमा उदारवादी, साम्यवादी, समाजवादी, राष्ट्रवादी र कल्याणवादी पर्दछन् । अग्रगामीहरू भन्छन्- अतितमा जंगली युग थियो, हिंसा र ‘मत्स्य-न्याय’ थियो, हाल केही सुधार भएको छ, तर यो पर्याप्त छैन । ‘सत्ययुग’ भविष्यमा आउने वाला छ । त्यसैले भविष्यतर्फ लम्कनुपर्दछ । यसैमा मनुष्यको कल्याण छ ।
शास्त्रीय राजनीतिका यी दुई धारले दुईतिर जोड गरेको भए पनि उनीहरूको निष्कर्ष एउटै छ । त्यो हो- राजनीति वर्तमानमुखी हुन जरूरी छैन । यही नै उनीहरूको गलत निष्कर्ष हो वैकल्पिक राजनीति को आधार नबन्नु वा तिव्र सांगठनिक परिणाम असम्भव भएको हो।
राजनीति किन र के हो ?
राजनीति भनेको जनताको आवश्यकता -आहार, निद्रा, भय, मैथुन व्यवस्थापनको काम हो । अतितमुखी वा भविष्यमुखी सोचले यो काम असंभव छ । अतितमुखी वा भविष्यमुखी सोचले राजनीतिकर्मीलाई सतही र गैरजिम्मेवार बनाउँछ । भोलि ठिक भइहाल्छ नि भन्दै वर्तमानमा मनपरी गर्ने आधार तयार गरिदिन्छ । यस्तो सोचले राजनीतिकर्मीलाई अतित वा भविष्यको ‘स्वर्ग’ देखाएर वर्तमानमा जनता ठग्ने ठगमा रूपान्तरण गरिदिन्छ । हाम्रो राजनीतिको हालको रोग नै यही हो। यो रोग निवारण गर्ने एउटै उपाय राजनीतिलाई ‘वर्तमानमुखी’ बनाउनु हो । जब राजनीति वर्तमानमुखी हुन्छ, तब जनताको पक्षमा तत्काल परिणाम आउँछ भन्ने मूल्यमान्यताको विकास हुन्छ । तब पलपलमा अध्ययन-अनुसन्धान अनिवार्य बन्दछ । हरेक काम तथ्य-तथ्यांक बाट सफल हुन्छ, उद्देश्य बन्दछ । राजनीतिकर्मीले जनताका समस्याको नजिकमा पुग्नु अनिवार्य हुन्छ त्यसको लागि ‘उपस्थित’ महत्वपूर्ण हुन्छ। भुइँ तहका एजेण्डाको पहिचान र प्राथमिकता महत्वको विषय बन्छ । यसले राजनीति कर्मीलाई गैरजिम्मेवार र आडम्बरी बन्न रोक्छ ।