काठमाडौं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत आवेदन दिन म्याद थप गरिएकाले राहदानी प्राप्तिका लागि साउन १८ गते देखि आवेदन खुला गरिने भएको छ।
वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी विभागले शनिबार र आइतबार पनि आवेदन फाराम खुला गर्ने सूचनामा उल्लेख गरिएको छ।
इपिएसका लागि आवेदनको चापलाई ध्यानमा राख्दै यसअघि र विभागले आवेदन फाराम खुला राखेको थियो। हाल खुलाइएको फारामअन्तर्गत सेवाग्राहीले तोकिएको मिति र समयमा विभागमा उपस्थित भइ राहदानीसम्बन्धी सेवा लिनपर्छ।


