+

सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनुपर्छ

२४ श्रावण २०७९, मंगलवार १८:०३

बालेन साह ।
कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रष्ट छौँ । सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनुपर्छ ।
नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभए पछि कानुनको कार्यान्वयन गर्नका लागि अनाधिकृतरुपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो । सो थप समय कति हुने भन्ने सम्बन्धमा संरचनाको स्थानान्तरणका लागि लाग्ने न्युनतम समयले फरक पार्ने छ । इन्जिनियरिङ अध्ययनबाट सो समय तोकिने छ ।

यसैले हामी पुनस् आग्रह गर्छौँ, कानुनको पालना गर्दै त्यहाँ भएका अनाधिकृत संरचनाहरु हटाइदिनुहोला । अन्यथा, अन्य कुनै कारणले कानुनको पालना गर्नबाट हामी पछि हट्ने छैनौँ ।