+

क्रान्तिकारी कम्युनिष्टहरुको वर्तमान जिम्मेवारी

२६ श्रावण २०७९, बिहीबार ०४:२३

ऋषि कट्टेल ।
प्रतिक्रियावादी राज्यसत्ताले संसदीय निर्वाचनको घोषणा गरेको छ । संसदवादीहरु चुनावको कोकोहोलो गरिरहेका छन् । वर्तमान राज्य सत्ताको विरुद्ध संघर्ष गरिरहेका कम्युनिष्टहरुमा पनि प्रष्टता देखिएको छैन । संसदीय निर्वाचन कार्यनीतिक प्रश्नको रुपमा लिँदै चुनावदेखि चुनाव सम्मको यात्रा समेत तय गरिरहेकाछन ।यस्तो वेला नेपालका कम्युनिष्ट क्रन्तिकारीहरुको दायीत्व केहो ? यसविषयमा राम्रो वहस हुनु जरुरी छ । आज तत्काल नेपाली कम्युनिष्टहरु मुलभुत रुपमा निम्न कार्यभारहरु निरुपण गर्न लाग्नु पर्दछ ।
(१) नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन
नेपालको कम्युनिष्ट आन्दोलन झण्डै विसर्जनको संघारमा छ । तेस्रो माहाधिवेशनपछि विसर्जनवादको प्रहार र अकर्मण्यतावाट भण्डै कम्युनिष्ट आन्दोलन विसर्जनको अवस्थामा पुगेको थियो । क. पुष्पलालले २०२५मा गोरखपुर सम्मेलनमार्फत यो आन्दोलनलाई पुनर्गठन गरेपछि फेरि कम्युनिष्ट आन्दोलनले गति लियो । यद्यपी त्यो गतिले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध भने गर्न सकेन । विभाजित भएरै भएपनि विसर्जनवाट भने यो आन्दोलन जोगियो । अहिले पनि नेपालको कम्युनिष्ट आन्दोलन विसर्जन वादको चपेटामा छ ।

देशका ठुलाभनेका कम्युनिष्ट पार्टीहरु एमाले,माओवादी केन्द्र, एकीकृत समाजवादीरु पूर्णरुपमा विसर्जनवादमा पतन मात्र भएनन् यो आन्दोलन समाप्त पार्न सवै दुस्प्रयास गरिरहेका छन् । इतिहासमा नेतृत्व गरेका पार्टीहरु मसाल,मालेहरु छन् अवसरवादको भुमिका निर्वाह गरिरहेका छन् । विसर्जनवाद विरुद्ध संघर्ष गरिरहेका नेपाल कम्युनिष्ट पार्टी, नेकपा ,क्रन्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतका केही कम्युनिष्ट पार्टीहरु एक्ला एक्लै विसर्जनवादको यो चुनौतिलाई थेग्न सक्ने अवस्थामा छैनन् । यतिमात्र हैन यसबीचमा कम्युनिष्ट आन्दोलन यति विकृत वनाइएको छ की यो प्रदुषणवाट यी पार्टीहरु पनि मुक्त छैनन् । कम्युनिष्ट आन्दोलनको आदर्शलाई पुनस्थापित नगरी योे आन्दोलन अगाडि बढ्दैन । त्यसकारण यो आन्दोलनको पुनर्गठन अनिवार्य भएको छ । यसको निम्ति संघर्षमा एकरुपता र संघर्षवाट एकताको नीति लिनु जरुरी छ । यो नीति कार्यान्वयन गर्ने वस्तुगत माध्यम बन्न सक्दछ रणनीतिक संयुक्त मोर्चा ।
(२) संसदवादको धङधङीबाट मुक्ति
नेपालको कम्युनिष्ट आन्दोलनमा संसदवादले धेरै तलसम्म जरो गाडेको छ । संसदीय व्यवस्थानै कम्युनिष्ट हरुको पनि व्यवस्था होकी भन्ने भ्रम परिरहेछ । यसले योआन्दोलनमा धेरै बिकृछि र फोहरको थुप्रो लगाई दिएको छ । संसदवाद विरुद्धको वैचारिक संघर्षलाई सघन ढंगले चलाउनु पर्द छ ।
(३) संसदीय निर्वाचनवारे प्रष्ट दृष्टिकोण
कम्युनिष्टहरुले संसदीय निर्वाचनलाई नितान्त कार्य नीतिक प्रश्नको रुपमा लिने गरेका छन् । लेनिले प्रतिपादन गरेको यो नीति पछि विश्वमा धेरै ठुलाटुला घटनाहरु भए । संसदको चरित्र विस्तारमा निकै परिवर्तन भयो । आज संसदनै साम्राज्यवाद,पूँजीवाद तथा सामन्त दलाल तथा नोरकशाही पूँजीवादको हित संरक्षणको केन्द्र बनेको छ । यसलाई कम्युनिष्टहरुले हैन कम्युनिष्टहरुलाई यसले आफ्नो हितमा प्रयोग गरिरहेछन् । संसदलाई प्रयोग गरेर कम्युनिष्टहरुले विद्रोह गरेको उदाहरण संसारमा छैन ।तर संसदले कम्युनिष्ट आन्दोलन पतन गराएको उदाहरण भने संसारभर छन् । जनक्रान्तिको शक्तिवेगर संसद कब्जा हुन सक्दैन भन्ने प्रष्ट भएको छ । कार्यनीतिक प्रश्नको नाममा संसदीय निर्वाचनमा अल्झेर विसर्जनवाद परास्त गर्न सकिदैन ।

ताजा अपडेट