+

अल्मुताइरीद्वारा नेपाली राष्ट्रिय फुटबल प्रशिक्षकबाट राजीनामा

२६ भाद्र २०७९, आईतवार ११:२५

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत अल्मुताइरीले प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन् । जिम्मेवारी सम्हालेको ५२५ दिनपछि प्रशिक्षकबाट बिदा लिएको उनले उल्लेख गरेका छन्।

उनी गत कात्तिकमा प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए। उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाउदै यो यात्रामा साथ सहयोग गर्नेहरुलाई धन्यवादसमेत दिएका छन् ।