+

मैले देखेको टुकुचा

२ आश्विन २०७९, आईतवार ०४:३६

सुरेश आचार्य ।

टुकुचा खोला पुनजागरण अभियानमा सरिक काठमाडौका महामेयर बालेन साहको कदम सराहनीय छ ! म बाल्कालदेखि २०४६ सालसम्म (राजदरबार उत्तरतिरको टुकुचा बारे थाहा भएन) टुकुचा खोलाको राजदरबारदेखि दक्षिणतिरका विभिन्न ठाउॅ (स्पट) मा टुकुचा अॅाखाले देखिनेगरी बगेको देखेको हू । अहिलेको काठमाडौ प्लाजा क्षेत्रमा, पुतलीसडकबाट काठमाडौ गणेशस्थान तिर मोडिने स्थानमा, डिल्लीबजारतिरबाट बागबजार जॅादा बागबजार-डिल्लीबजारको ट्राफिक पोष्टबाट करिव ३० मिटर पश्चिम (जहॅा टुकुचामाथि सतह पूल छदैछ) को स्थान भई शंकरदेव क्याम्पसको पश्चिमी किनारा हॅुदै पूरानो खसी बजार र त्यहॅाबाट बग्दै पद्मोदय हाइस्कूलको पश्चिम र पियुषराज अमात्यको विणा च्याम्वर्स भवनको पश्चिम किनारामा टुकुचा छ्यांगै थियो ।

अहिले पनि प्रदर्शनीमार्गको त्यो भागमा पक्की पूल छदैछ ! त्यॅहाबाट बगेको टुकुचा विना अवरोध (सिंहदरबार अघिको खाध्यपूलको तलतिर हुदै) थापाथली-त्रिपुरेश्वर सडक स्थित हुताराम वैधको घरसॅगैबाट बगेर बागमती नदीमा मिसिन्छ ! उपरोक्त लोकेसनहरूमा टुकुचा निर्वाध बगेको मैले २०४६ सालसम्म देखेको हू । नदी किनाराको मापदण्ड नबनिसकेको समयमा महानगरबाट नक्सा स्वीकृती गराई टुकुचा छेउछाउका जमिन (नया नदी किनारा ४ मिटरको मापदण्ड बमोजिम) संरचना बनाएकाहरूले भने अब टुकुचालाई प्राकृतिक अवस्थामा फर्काउॅदा महानगरबाट “मुआवजा” पाएर लाभान्वित नै होलान् !

तर बालेन साहको निम्ति उनकै मानगरपालिका भवन (बागदरबार) का उत्तर तिर रहेका विशाल आकारका दुईवटा सार्वजनिक पोखरी २०४६ सालपछि मासेर अहिले त्यॅहा ठूलठूला भवन बनेका छन् ! तिन्लाई के गर्ने हो, चूनौती छ ! ठमेलको छायॅा कम्प्लेक्स पनि पोखरीको जमिनमा बनेको छ ! घट्टेकूलो को नामो निसान मेटिएर कंक्रिट संरचनाहरू बनेका छन् ! राजकूलो मासेर बाटो प्रयोजन भनेर महानगरले नै स्वीकृत गरी नक्सा पास गरेका जमिन जताततै मिचिएका छन । नक्सालको सार्वजनिक पोखरी पनि २०४६ पछि गायव भएको छ !

यस्तै, बालेनले आँट गरेका छन्, आँटी रहिरहुन ! तर हास्यास्पद अवस्था ललितपुर महानगरको छ ! ललितपुर महानगरपालिकाले त आफैले सार्वजनिक ऐतिहासिक दुईवटा पोखरी मासेर आफ्नो कम्पाउण्डवाल भित्र पारेको छ ! अनि नेपाल प्रहरीका अधिकांश प्रहरी चौकी सार्वजनिक जग्गामा बनाइएका छन् ! यसैले गृह प्रशासन अन्तरगतको प्रहरी बालेनको डोजर अभियानबाट पछि हटेको हो कि ?

ताजा अपडेट