+

काठमाडौं -७ बाट मानुषी नै किन ?

१४ कार्तिक २०७९, सोमबार ०५:५९

ठाकुर पोखरेल ।

‘बाबुरामको एक मात्र दृष्टिकोण सुशासन र समृद्ध नेपाल बनाउनु मै हो त्यसका लागि विविधतायुक्त समाज र फरक फरक वातावरणको धरातलिय यथार्थतालाई सर्वस्वीकार्य समानतामा रुपान्तरण हुनुपर्छ भन्ने मान्यता हो।’
अब उम्मेदवारको प्रतिस्पर्धा युवा क्षमतालाई -:
सुशासन र समृद्ध नेपाल निर्माणका लागि जीवनको ४० वर्ष भन्दा बढी समय राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका डा बाबुराम समसामयिक राजनीतिक नेतृत्व मध्ये अवल प्राविधिक क्षमता, बौद्धिकता तथा सुशासन र आर्थिक समृद्धिका कुशल राजनीतिक नेता हुन् भन्ने तथ्य २०६४ को सफल अर्थमन्त्री र २०६८ मा विशेष परिस्थितिमा उनको प्रधानमन्त्री कार्यकाल (अन्यबाट बजेट प्रस्तुत हुन नदिएको अवस्थामा पनि ) मा भए गरेका सकरात्मक र रचनात्मक कार्य देश र जनताको हितमा उपलब्धिमुलक कार्य भएको उदाहरण हाम्रो सामु घाम झैं छर्लङ्गै छ ।
अब ६८ बर्षिय बाबुरामले चुनाब लड्ने होइन र उहाँले लिनु भएको चुनाब नलड्ने निर्णय सर्व स्विकार्य मात्र होइन अन्य दलका ७० वर्ष नाघेका पटके र चटके उमेदवारहरुलाई सवक, ईमान्दार नैतिक शिक्षाको उदाहरण सहित व्यावहारिक झापट पनि हो। अब चुनाब लड्नें पालो युवाको हो, बाबुरामले लिएको सुशासन र समृद्धिको भिजन पुरा गराउने सक्षम राजनीतिक उत्तराधिकारी उनै मानुषी मा देखिन्छ। त्यसैले बाबुरामको बिकल्प मानुषी यमि भट्टराई मात्र हुन। मानुषी यमी भट्टराई बाबुरामको छोरी भनेर जोड्नु भन्दा पहिला उनको राजनीतिक क्षमता, लगनशीलता, सरल जीवनशैली, इमानदारीता, मिलनसार र बौद्धिक व्यक्तित्त्व ”हुने विरुवाको चिल्लो पात” झैं विकास प्रेमी बाबुरामको भन्दा फरक छैन त्यसैले डा बाबुरामले लिएका एजेण्डा पूरा गर्न मानुषी बाहेक अन्य दोस्रो, तेस्रो ब्याक्ती हरुले सक्दैनन् पनि । हामीले संसदमा देखेकै हो सुनेकै कै हो एक्लो बाबुरामले संसद भवन भित्र संधै सुशासन र आर्थिक समृद्धि वारे बोलेको, सुझाव दिएको ! अब एक्लै बूढो बाबुराम चिच्याउनु स्वाभाबिक हुँदैन यो उहाँको आराम गर्ने र अभिभावकत्व निभाउनें बेला हो। स्वयं बाबुरामले त व्यावहाता मै स्वीकार गरेर देखाएकोमा सम्मान गर्नैपर्छ। तर ७० वर्ष काटिसकेका अन्य वृद्ध नेतामा सत् बुद्धि पलाएको देखिएन।
मानुषीको दृष्टि पनि सुशासन र समृद्ध नेपाल 
युवा युवा भन्ने अनि बूढो नेंताले चुनाब लडिदिएन भनेर मुन्टो फर्काएर गजक्क भएर बस्ने युवा बिरोधी त हामी आफै रहेछौ नि, यो देशलाई शारिरिक सक्षम, मानसिक सक्षम, शैक्षिक सक्षम नेतृत्व खाँचो छ भन्ने फेरि ६८ बर्षिय बूढो बाबुरामले चुनाब लडेन भनेर रिसाउन मिल्छ त युवा मतदाता साथीहरु ? हामिले र हाम्रो पार्टिका साथी हरुले युवालाई साथ दिउ मानुषीलाई हौषला प्रधान गरौं एक सरल, सक्षम र सक्रिय युवती मानुषी लाई संसद सदस्य बनाएर संसद भवनमा पठाउनु भनेको लाखौं महिला, आदीवासी, पिछडिएका वर्ग समुदायको आवाज सदनमा सुनुवाई हुनु हो तत्कालीन उर्जाशील, सार्थक र विकास बाहक अर्थमन्त्री तथा प्रधानमन्त्री डा बाबुराम भट्टराई ले समृद्ध नेपाल बनाउन चालेका कदमहरु पुरा गर्नु हो , राष्ट्रिय गौरवका आयोजना हरु सम्पन्न गर्नु गराउनु हो। उनीको जन्म नै स्वयं वावु खस-आर्य र आमा आदीवासी जनजाति भएको हुँदा जात, जाति, भाषा, धर्म संस्कृति वारेको विवादित बहस र अग्रगामी समाधान तथा धार्मिक सहिष्णुता मिलाएर देशमा सुशासन कायम गराउदै समृद्ध देश निर्माणमा योगदान हुने विश्वास गर्न सकिन्छ। उनीले चुनाव जितेपछि उनैको सक्रियतामा महिला/दलित/आदिवासी/ पिछडिएका वर्ग/ लैङ्गिक असमानता/ धार्मिक असमानता क्षेत्रीय असमानता/ जातिय, वर्गिय असमानता बाट देशले निकास पाउनु हो।

‘विद्यमान असमानता लाई नभत्काए सम्म देशबाट राष्ट्रिय दरिद्रता र विभेद हट्दैन ! सबै नेपाली समूदायले समान अधिकारको प्रत्याभूति नगरेसम्म सुशासन र आर्थिक समृद्धि हासिल हुदैँन भन्ने मान्यता उनले अगाडि सारेका हुन्’

जुन कुरा पूर्ण गर्न बाबुरामले सकेनन वा प्रतिक्रिया वादी शक्ति हरुले दिएनन् यसलाई ईतिहासले मुल्यांकन गर्ला ! अब त्यो पूर्णता गर्ने मुख्य जिम्मेवारी मानुषी यमि भट्टराई ले गर्न सक्ने क्षमता देखिन्छ किन कि पढाईमा अब्बल, राजनीतिक बहस र समस्या समाधानमा अग्रगामी दृष्टिकोण उनको दिनचर्या बनेको पाइन्छ। एकाइसौं शताब्दी उन्मुख जनचेतनालाई सम्बोधन गर्दै संसदीय प्रणालीको गलत अभ्यासलाई सुधार गर्ने सामर्थ्य मानुषी यमी भट्टराई सँग भएकोले समग्र राष्ट्र निर्माणको लागि उनको उमेद्वारी र जितको अपेक्षा सर्वत्र बढेको हो। काठमाडौं देशको राजधानी पनि र आजसम्मको पटक पटक को ब्यावस्था बदल्ने आन्दोलन सफल बनाउने सचेत नागरिक बसेको ठाउँ भएकोले अब ‘नागरिकको अवस्था बदल्ने’ अभियानका लागि मानुषी यमी लाई काठमाडौं ७ का मतदाताले अत्यधिक बहुमतले विजयी गराउनेछन् भन्नेमा विस्वास राख्दछौँ । यो बेला राष्ट्रिय राजनीतिमा चरम दलगत स्वार्थ, विकृति र भ्रष्ट दलाल भूमरीमा फसेको नेपालको राजनीति लाई ठिक लाईनमा ल्याउन पनि कम्तिमा २५% युवा/ युवतीहरु (youth force) को आवाजलाई सांसदमा बुलन्द गर्न सर्वत्र युवा क्षमता र दक्षताको खोजी भैरहेको महसुस भएकोले पनि मानुषी यमी भट्टराई को उमेदवारी युवा देखि वृद्ध समेतको चाहना पूरा गर्न संसद सदस्यमा निर्वाचित गराउनु पर्छ भन्ने मान्यता वौद्धिक जगतको समेत माग हो ।

अतः काठमाडौ क्षेत्र नं ७ बाट संघीय संसद सदस्य प्रत्यक्ष तर्फबाट नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह ‘गोलाकार भित्रको हँसिया हथौडा’ मा मतदान गरी अत्याधिक बहुमतले बिजयी गराउनै पर्ने एउटा होनाहार (Under 40 year) युवा, क्षमतावान र बौद्धिक व्यक्तित्त्वकी धनी मानुषी यमी भट्टराई लाई काठमाडौं ७ का सचेत मतदाता नागरिकहरु समक्ष हार्दिक अनुरोध गर्दछौ।

ताजा अपडेट