ठाकुर पोखरेल ।
‘तीन दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री सहितका मूखियाँ तन्त्र कै कारण देश,राष्ट्र र राष्ट्रियताको अबस्था भाडभैलो तिर’
बिषय प्रवेश –
तीन ठुला दल, तिनका शीर्ष नेता तथा मूखियाँहरु प्रति जनता र मतदातामा कुन स्तरकाे वितृष्णा र अविश्वास छ भन्ने कुरा उपनिर्वाचनकाे मत रुझानले झनै प्रष्ट हुने नै छ।
‘भत्काउन जान्ने,बनाउन नजान्नेलाई कम्युनिष्ट भनिन्छ.
”ब्यक्ति मोटाउने राष्ट्रियता सताउनेलाई काङ्ग्रेस भनिन्छ’
माथिको उक्त भनाई कतिलाई सान्दर्भिक लाग्छ कुन्नी ? ति सम्बन्धित दलका झोले कार्यकर्ताका लागि त तितो नै लाग्छ होला ! तर, सचेत राजनीतिक कर्मी र वस्तुस्थिति बुझ्नेहरुले यो यथार्थ चित्रण हो भन्दै आएका छन्। जति नै छेकबार र मतलुटान गर्दा पनि जनचेतना र युगको चहाना बमोजिमको राजनीतिक अभियानमा सहभागी भएका नयाँ जोस जाँगर भएका अग्रगामी कार्यदिशाका नेता तथा युवा नेताहरु रोकिने र छेकिने छैनन्। अब त पुराना दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्री कै कारण नेपालको अर्थतन्त्र दिनानुदिन धरासायी बन्दै गएको हो भन्ने कुरामा अब दुई मत छैन।
पुराना दलका शीर्ष मूखिया तन्त्रसँग-:
आआफ्नाे पार्टी र कार्यकर्ताकाे राजनीतिक भबिष्य जाेगाउन चाहन्छन भने सामुहिक राजिनामा गरेर सन्यासमा गए हुन्छ। यी अब जति भाेट माग्न जान्छन, त्यति भाेट घट्छ, जति अनुहार देखाउँछन, त्यति नै जनतालाई “इरिटेसन” हुन्छ। हैन त ? समयले परिवर्तन त ल्यायाे तर यसकाे गन्तव्य र परिणाम बारे उत्तिकै हाेसियार हुन जरुरी छ। चुनावी घोषणापत्रहरू हाम्रो सन्दर्भमा फगत औपचारिकता र झुटो आश्वासन तथा दिवास्वप्नका पुलिन्दा हुन् । घोषणापत्र पढेर मतदाताले मतदान गर्छन्/गरे भन्नेमा मलाई चाहिँ पत्यार लाग्दैन । परिवर्तन चाहने अधिकांश युवाले त्यस्ता घोषणापत्रहरू नै नपढी यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी , जनमत पार्टी लगायत लाई सानदार राजनीतिक यात्रा सम्भव तुल्याइदिएका हुन्। यसबाट के स्पष्ट हुन्छ भने पुराना दलका शीर्ष नेताहरुका ‘बकवास र जनता झुक्याउने घोषणा पत्र’ जनविरोधी दस्तावेज हो, विगत ३३ वर्ष देखि यस्ता घोषणा पत्र धेरै पटक पढेर पटक पटक मतदान गरेकै हो। तर, त्यस अनुरुप जनपक्षीय र घोषणा पत्रमा प्रतिबद्धता गरे बमोजिम काम नगरेको कारण अब त्यस्तो बदनियतका चुनावी घोषणापत्र पढ्नु र बुझ्नु आवश्यक छैन भन्ने बुझाई बनिसकेको हो । ”पुराना दलका बकम्फुसे कुरा पत्याउँदा देश नै भाडभैलोमा रुपान्तरण हुदै गएको हो’
शारीरिक,मानसिक तथा समयसापेक्ष असक्षम पुराना दलका शीर्ष नेताहरुलाई पन्छाउदै वैकल्पिक राजनीतिको मूलबाटो पछ्याउँदै नयाँ विचार सहितको प्रगतिशील लोकतान्त्रिक विधि पद्धतिबाट राजनीतिको नयाँ शृंखलाका लागि अगाडि बढाउनु पर्छ। मुलुकलाई अहित हुने गरी राजनीतिक स्वार्थका लागि गरिने हरेक निर्णयको जवाफदेही खोज्नुपर्छ । युवाको भविष्यमाथि खेलबाड गर्ने र किसानको योगदानलाई अवमूल्यन गर्ने नितान्त राजनीतिक स्वार्थका लागि बाँडिने वृद्धभत्ताजस्ता प्रतिगामी स्रोत वितरण प्रणालीविरुद्ध युवा, किसान र सचेत ज्येष्ठ नागरिक मिलेर बृहत् जनदबाब दिनुपर्छ । राज्य नै थप विपन्न हुने, प्रतिस्पर्धी क्षमता गुमाउने, थप परनिर्भर हुने र बेरोजगारी बढ्ने गरी न्यूनतम ज्याला बढाउने खोक्रो आश्वासनको जवाफदेही स्वयं मजदुरले खोज्नुपर्छ । मेट्रो र मोनोरेल, बुढीगण्डकी, केरुङ–काठमाडौं रेलजस्ता मुलुकलाई उच्च ऋण बोकाउने मनगढन्ते सेतो हात्ती परियोजनाको जवाफदेही आम नागरिकले माग्नुपर्छ । निजी क्षेत्र र राज्य संयन्त्रको मिलोमतोमा हुने राज्यको दोहनको प्रतिकार पनि आम नागरिकले नै गर्नुपर्छ ।
‘व्यवस्था बदल्न आफ्नो जवानी खर्चिएका नेताहरुले आफु शारीरिक र मानसिक रूपमा थकित भएर पनि सत्ताको लगाम समाई रहनु देश, राष्ट्र र राष्ट्रियता प्रति अपमान हो’
मुलुक गम्भीर आर्थिक अवस्थाबाट गुज्रिँदै गर्दा सबैले राष्ट्रहितका लागि सोच्नुपर्छ । सबैले आ–आफ्नो वित्तीय अवस्था सुदृढ पार्दै लानुपर्ने भएको छ । सरकारले साधारण खर्चमा व्यापक मितव्ययिता अपनाएर वित्तीय घाटा घटाउँदै लानुपर्छ भने स्रोत वितरण प्रणाली सीमान्तीकृत वर्ग र समुदाय तथा गरिब परिवारतिर लक्षित हुनुपर्छ । निजी क्षेत्रले कर्जामा अत्यधिक परनिर्भरता कम गर्न, आन्तरिक उत्पादन र मूल्य अभिवृद्धि बढाउन अनि जग्गा कारोबारलाई घटाउन पहल गर्नुपर्छ । बैंकिङ क्षेत्रले कर्जालाई अनुत्पादक क्षेत्रबाट उत्पादशील क्षेत्रमा प्रवाह गराउने, कर्जा तथा लगानीको गुणस्तर सुदृढ गर्ने, अनावश्यक खर्च घटाउने, व्यवस्थापन चुस्त बनाउने र आन्तरिक सुधार गर्दै लाने रणनीति लिनुपर्छ । कर्जा लिएरै भए पनि क्षमताभन्दा धेरै खपत गर्ने हाम्रो संस्कार र प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । साथै नियामक संस्थाले पनि तथ्य र प्रमाणका आधारमा सुधारका कार्यक्रमलाई थप सुदृढ गर्दै लानुपर्छ । संरचनात्मक सुधारका पहलहरू सहज हुँदैनन्, त्यसैले सबैले मिलेर काम गर्नुपर्छ ।
बाह्य सूचकमा केही सुधार आउँदै गर्दा हामी आन्तरिक सूचकको दबाबमा परेका छौँ, नेपाली अर्थतन्त्रको सबल पक्ष र दुर्वल पक्ष के हुन् ? यस विषयमा नयाँ कार्य योजना सहित अग्रगामी प्रगतिशील दृष्टिकोण ल्याउनु पर्ने होईन र ? अवस्य पनि नयाँ सोचका नयाँ राजनीतिक अभियानमा सहभागी हुनेहरुलाई देश राष्ट्र र राष्ट्रियताको मामिलामा गद्दारी गर्ने छुट हुदैँन/छैन।
राष्ट्र र राष्ट्रियताको लागी नयाँ विचार सहितको दृष्टिकोण-:
पुराना राजनीतिक दलका शीर्ष मूखिया र तिनका शीर्षस्थ नेताहरुले आआफ्नाे पार्टी र कार्यकर्ताकाे राजनीतिक भविष्य जोगाउन चाहन्छन् भने सामुहिक राजीनामा गरेर सन्यासमा गए हुन्छ। यी अब जति भाेट माग्न जान्छन्, त्यति भाेट घट्छ, जति अनुहार देखाउँछन, त्यति नै जनतालाई ‘इरिटेसन’ हुन्छ। हैन त ? समयले परिवर्तन त ल्यायाे तर यसकाे गन्तव्य र परिणाम बारे उत्तिकै हाेसियार हुन जरुरी छ।
वैकल्पिक राजनीतिको मूलबाटो बनाउँदै एकाईसौ शताब्दीको जनचेतना सम्बोधन हुने लोककल्याणकारी ‘प्रगतिशील लोकतान्त्रिक’ धारणा राख्दै आएका राजनीतिक समाज तथा विश्लेषकहरुको राय सुझाव अनुसार नयाँ कार्ययोजना सहित अग्रगामी छलाङका लागि राष्ट्रिय राजनीतिमा प्रवेश गरेका राजनीतिक दलका लागि मार्ग प्रशस्त गर्नु पर्ने बस्तुस्थिति बनिसकेको छ, अब ढिला गर्नै हुँदैन।


