+

संक्रमणकालिन न्याय आयोगमा कस्ता व्यक्ति नियुक्त गर्ने ?

२१ मंसिर २०८१, शुक्रबार ०५:४०

सुवोधराज प्याकुरेल

१ः पीडित पक्षले आमरुपमा विश्वास गर्ने व्यक्तिको खोजी गरियोस् ।

२ः द्वन्द्वकालमा थलोमा पीडितको रक्षा र द्वन्द्व न्युनिकरणका लागि खतरा मोलेर कार्यरत स्थानीय अधिकारकर्मी पनि सिफारिशमा परुन् ।

३ः अहिलेसम्म अपनाइएको सामान्य कर्मचारीको भर्ना खोले जस्तो प्रकृया पटक्कै मिलेन । यस्ता आयोगका लागि योग्य व्यक्ति निवेदन दिन आउने सम्भावना न्युन हुन्छ।खासमा यो समिति सिफारिश भन्दापनि खोजी– समितिको रुपमा संलग्न हुनुपर्छ ।

४ः संक्रमणकालिन न्यायका आयोगमा नियम कानूनको प्रगतिशील व्याख्या गर्ने, वाधक नियम कानून कार्यविधिको परिमार्जनको लागि निर्धक्क वकालत गर्ने र नतिजा उन्मुख ब्यक्तित्व चाहिन्छ। आयोगले सहयोगको लागि अनेक ब्यक्ति र संस्थाको साथ लिनुपर्ने हुँदा यो कुरालाई गम्भिरतापूर्वक लिई सिफारिश गरियोस् ।

५ः हामीसँग गरिएको परामर्शको प्रकृयाले प्राकृतिक रुपमा अर्को दायित्व सिफारिश समितिलाई थपिदिएको छ । अब यो समितिले पहिलो शर्टलिष्ट पारित गर्नुअघि हामीलाई सुझाव दिने अवसर दिनुपर्छ । हामी चाहन्छौँ कि छुटेका उपयुक्त ब्यक्तिको नाम प्रस्तावित गर्न पाइयोस्।र आफ्नै नाम सिफारिशमा परेको रहेछ भनेपनि आफूभन्दा उपयुक्त अर्को कुनै व्यक्ति लागेमा उक्त व्यक्ति आफूभन्दा उपयुक्त रहेको कुरा भन्न पाइयोस् ।

तर अहिलेसम्मको ढाँचा तरिका नितान्त औपचारिक र असमावेशी ढङ्गले चलिरहेको भन्ने जुन आशंका व्याप्त हुँदैछ । त्यसले भविष्यमा बन्ने आयोगलाई विश्वासपूर्वक काम गर्न कठिनाई पर्ने अवस्थालाई मध्यनजर गरि सिफारिश समितिले आवश्यक प्रवन्ध गर्नुपर्छ ।