
काठमाडौं । नेपालले चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई १–० गोलले पराजित गरेको हो ।
नेपालको जितमा विंगर विमला चौधरीले गरेको गोल नै निर्णाक बन्यो । जितसँगै नेपालले तीन अंक जोडेको छ।