+

के २०६३ को गृहमन्त्रीलाई चाँहि झ्यानाकुटी पार्दै थुन्नुपर्ने हो गणतन्त्रमा ?

१९ जेष्ठ २०८२, आईतवार १२:१३

टिप्पणी । उज्यालो नेपाल ।

राजावादी आन्दोलनको चौथो दिन पक्राउ परेका पूर्व गृहमन्त्री कमल थापाको पक्राउलाई आलोचकहरुले निकै सस्तो मजाकका रुपमा लिईरहेको देखिन्छ । सामाजिक संजालमा कमल थापालाई उनको जनआन्दोलन २०६३ ताकाको गृहमन्त्रीको भूमिकासंग जोडेर टिका टिप्पणी भएको देखिन्छ । त्यो त ईतिहास बनिसकेको ओपन सेक्रेट हो की कमल थापा जनआन्दोलनताकाका गृहमन्त्री नै थिए । तर, ती बेलाका गृहमन्त्री तानाशाही भए, सत्ता निरंकुश भयो भनेर नै अहिलेका गणतन्त्रवादीहरुले तथाकथित संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको हैन त ? अनि संघीय लोकतान्त्रिक गणतन्त्रमा चाहि यसका विरोधीहरुलाई प्रदर्शनस्थलबाट झयानाकुटी पारेर पक्रिन पाईन्छ ? प्रदर्शनकारीहरुलाई लाठीले सेक्न पाईन्छ ? लोकतान्त्रिक गणतन्त्रको व्यानारमा विरोधीहरुलाई, फरक विचार र आस्था राख्नेहरुलाई सडकमा विरोध गर्न पनि नदिने नजिर स्थापित गर्न नै सरकारले कमल थापालाई पक्रेर, अन्य समर्थकहरुलाई रक्ताम्य हुनेगरी घाईते बनाएको हो त ?

जनआन्दोलन २०६३ ताका को सत्ता र सरकारको आलोचना गर्नेहरुले ल्याएको गणतन्त्रले जनतालाई सुखी, खुसी, संतुष्ट राखेको भए अहिले राजावादीहरु सडकमा जानै पर्ने थिएन नी, पर्दथ्यो र ? मुखले भन्ने गणतन्त्र अनि चौतर्फी कुशासन र भ्रष्टाचारलाई बढवा दिएकै कारण अहिले राजावादी आन्दोलनको रापतापमा सरकार, सत्ता र व्यवस्था परेको हो नी हैन र ? हिजोलाई नराम्रो भन्नेले आज हिजोको नराम्रोलाई बिर्साउने गरी ज्यादती, दमन र हिंसाँ गर्छन भने, ती सबै कायर र हिजो भन्दा ज्यादा खराब र असफल हुन । त्यसैले हिजोका गृहमन्त्री भनेर नै प्रतिशोध लिईएको हो थापासंग भने त यो अहिलेको सत्ता र व्यवस्था अनि सरकारको सबैभन्दा आलोच्य र अक्षम्य अपराध नै हो ।

सरकारले कमल थापालाई नै टार्गेट गरेर थुन्न र राजावादी आन्दोलन फासफुस पार्न खोज्य हो भने, पनि उसले फरक राजनीतिक आस्था र विचारले पनि शान्तिपूर्ण विरोध गर्न पाउने विश्वस्वीकृत प्रजातान्त्रिक राजनीतिक हक र मौलिक मानवाधिकारको सम्मान र रक्षा गर्नु पर्दैन ? के सरकारको यो अराजनीतिक, अमानवीय र अप्रजातान्त्रिक शैली र व्यवहारले सरकारको डुब्न लागेको घामको झल्को दिदैन ? सत्तामा बसेर राजावादीहरुप्रति पदकै गरिमा बिपरित, व्यक्तित्वकै उचाई घटाउने गरी बर्बराईरहेका प्रधानमन्त्री केप ीओली, प्रचण्डहरुले कमल थापालाई थुनेर गणतन्त्र जोगाउँछु भन्नु दिउँसै रात पार्ने भ्रम हो । कुशासन र भ्रष्टाचारले खोक्रो भैसकेको व्यवस्थाको रक्षा कमल थापाहरुलाई थुनेर हुदैन भन्ने कम्तिमा सत्ताका विवेकी पात्र र नेतृत्वले बुभ्mनुपर्छ ।

कमल थापा २०६३ ताका सरकारका गृहमन्त्री हुनु र अहिले सडक आन्दोलनका एक शक्तिशाली नेता हुनृ एक संयोग मात्रै हैन, यो गणतन्त्रका बिकृतिले आम नागरिकमा ल्याएको असंतुष्टी र विद्रोहको समष्टिगत अभिव्यक्ति हो । राजावादी आन्दोलनमा सरकारले अनुमान गरेभन्दा बढी जनसहभागिता देखिनु र कमल थापाहरुको माग र मुद्धामा जनताको विरोध नहुनुले पनि सरकार राजावादी आन्दोलनप्रति, कमल थापाहरुप्रति सहिष्णु र सकारात्मक हुनुपर्ने तथ्यलाई स्थापित गरेको छ । कमल थापालाई आजीवन थुने पनि यो सत्ताप्रति यसका विकृतिप्रति जनसमर्थन बढ्दैन । कुशासन र भ्रष्टाचारको अन्त्य हुदैन । फेरि कमल थापालाई थुन्ने कतिन्जेल ?

राप्रपा साँसद दीपक सिंह पनि प्रहरी नियन्त्रणमा पुगिसके । सरकार एक एक गरी, छानी छानी सबै राजावादी आन्दोलनका मुख्य पात्रलाई गिरफ्तार गरेर आन्दोलन दबाउन अग्रसर भएको प्रमाण हो यो ।
यसो हो भने राजा फर्काउन र राजावादी आन्दोलन छिटो सफल पार्न यो सत्ता, व्यवस्था र सरकारको राजावादीहरुलाई नेगेटिभ पोलको समर्थन र योगदान साबित हुनेछ । किन भने दमनले विद्रोह कदापी साम्य हुन्न, बरु छिटो निष्कर्षमा पुग्छ । के ओली सरकार दमनको नाममा राजा फर्काउन अग्रसर भएकै हो र ?

त्यसैले, सरकारले प्रहरी नियन्त्रणमा लिइएकाहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र राजीव झा, साँसद दीपक सिंह लगायत सबै सबैलाई अविलम्व रिहा गर्नुपर्छ । सरकारले राजावादीसंग वार्ता गर्नुुपर्छ, दमन हैन । दमनले अर्को अनपेक्षित द्धन्द्धमा देशलाई लैजान्छ, जो कसैले पनि चाहेको छैन्न नै ।
थप यो पनिः

कमल थापाको पक्राउसंगै राजावादीसंग हार्दै गएको ओली सरकार

राजावादी आन्दोलनः सरकारले कहिलेसम्म अनदेखा गर्ने ?