+

देउवाको नाउँमा दुई शब्द

२९ आश्विन २०८२, बुधबार ००:३९

केदार कोईराला ।

जजसले जसरी चिन्छन चिनुन मैले चिनेकाे शेरबहादुर देउवा फरक थिए फरक छन।शेरबहादुर देउवाकाे प्रशंसा र बदख्वाईं गर्ने उनका निकटका हुन वा टाढाका मैले चिनेकाे शेरबहादुर मेरै भाषामा भन्नुपर्दा साेझा थिए बङ्ग्याउनेहरूले बङ्ग्याएका हुन।

गिरीजा प्रसाद काेईरालाकाे काेपभाजनमा परेपछी काँग्रेस पार्टीनै फुटाउनु परेकाे सत्य कथाकाे भित्री पाटाे कसैलाई थाहा छ भने त्याे व्यक्ति हाे पुर्ण बहादुर खडका।नजिक त शेरबहादुर सँग बिमलेन्द्र निधि देखि मिनेन्द्र रिजाल सम्म थिए।काँग्रेस फुटेर तान्त्रिक कित्ताकाे बागडाेर समालेका शेरबहादुर देउवा लाई निस्वार्थ साथ दिने विश्वास पात्रकाे पहिलाे नम्बरमा पुर्णबहादुर नै थिए।बालकृष्ण खाँड देउवा निकट थिए भन्नेहरूले कुन गहिराईकाे कुवा खनेका थिए त्याे तिनैले जान्ने कुरा हाे।

युवा बिच लाेकप्रिय खाँड देउवाका पनि विश्वास पात्र थिए यसमा दुईमत छदै छैन।तर खाँड नजिकका विश्वास पात्रहरू कुपात्र थिए तेसैकाे परिणाम भाेग्दैछन बालकृष्ण खाँड।स्पष्ट देउवा र काेईराला खेमामा बाँडिएकाे नेपाली काँग्रेस एकता पश्चात् पनि एकाकार हुन सकेन।देउवाले समेटन खाेज्दा पनि काेईराला क्याम्पका हुँडार हरूले कहिल्यै काँग्रेस एक ढिक्का हुन दिएनन।

गुट निर्माण र शक्ति दम्भमा गिरीजा प्रसाद काेईरालाकाे तुलनामा शेरबहादुर देउवा कमजाेर देखिन्थे।देउवाकाे कमजाेर मानसिकता बलियाे पार्ने काममा खटिएका थिए उनै पुर्ण बहादुर खडका।खडका सालिन स्वभावका चतुर राजनीतिक याेजनाकार हुन।तेह्राै महाधिवेशन सफल पार्ने जिम्मेवारी शेरबहादुरले पुर्णबहादुर लाई सुम्पेका थिए।

बलियाे काेईराला क्याम्प सँग रणनीतिक याेजना तयार पारेर सानेपामा देउवा क्याम्पकाे झण्डा गाडने अठाेटका साथ अगि बढेका पुर्णबहादुरले तयार पारेकाे सचिवालय सदस्यकाे जिम्मेवारी बहन गर्ने अबसर पाएकाे थिएँ मैले।त्याे सचिवालयकाे काम कर्तब्य र अधिकार पुर्ण बहादुरकाे निर्देसन र शेरबहादुरकाे निगरानीमा हुन्थ्याे।यदाकदा बिमलेन्द्र र बालकृष्ण खाँडकाे हस्तछेप हुन खाेजेपनि उनिहरूकाे दाल गल्ने वाला थिएन।पुर्ण बहादुर खडका सँगकाे दैनिक उठबसले खारिदै गएका हामी सचिवालयका सदस्यहरू राजनीतिक दाउपेचका घटनाक्रम नजिक बाट नियाली रहेका थियाैं।

पुर्ण बहादुर मार्फत शेर बहादुर सम्म पुग्ने बाटाे हाम्रा लागि सहज थियाे।खडका निवास र देउवा निवासकै सेराेफेराेमा सक्रिय सचिवालयका सदस्यहरूकाे संयाेजन गर्ने जिम्मेवारी पाएका थिए वसन्त प्रकाश उपाध्यायले।प्रकाशचन्द्र परियार,बद्री सिग्देल,रामजी दाहाल,डिपी उपाध्याय,नवराज लम्साल लगायत चलन चल्तिका पत्रकारहरू अटाएका थिए सचिवालयमा।जसरी पनि तेह्राै महाधिवेशनले सानेपामा देउवा गुटकाे झण्डा गाडनुपर्छ एक मात्र उद्देश्य थियाे।

नीतिगत याेजना र पुर्ण बहादुर खडकाकाे कमाण्ड सफल भयाे तेह्राै महाधिवेसन बाट सभापति बने शेरबहादुर देउवा।तिनै देउवाले आफ्नाे उत्तराधिकारी ताेकिदिए पुर्ण बहादुर खडका लाई।देउवाले जे गरे ठिक गरे।प्रजातान्त्रिक संस्कार भित्र निरंकुश तन्त्रकि प्रतिनिधि आरजु राणाले हुँडलेकाे दुर्गन्धकाे सिकार बनेका शेरबहादुर देउवा डडेलधुरा असिग्रामका प्रजातान्त्रिक याेद्धा थिए र रहिरहने छन।

(साभारः वरिष्ठ पत्रकार कोईरालाको फसेसवुकबाट।)