+

ओली-प्रचण्डबीच अस्पतालमै आधा घण्टा भेटवार्ता

४ बैशाख २०८३, शुक्रबार ०६:२९

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रचण्डले पत्थरीको अपरेशनपछि महाराजगञ्जस्थित टिचिङमा उपचाररत् ओलीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन् ।

बिहीबार साँझ अस्पताल पुगेका प्रचण्ड करिव ३० मिनेट जति ओलीसँग बसेको थिए । एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड-ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।