+

रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेशमा प्रतिवन्धको घोषणा

१५ बैशाख २०८३, मंगलवार १५:५९

मस्को । रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नविन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन (ईयू) का अधिकारीहरूलाई रूसी क्षेत्र प्रवेश गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

युक्रेनलाई सैन्य सहायता दिने निर्णयमा संलग्न युरोपेली संस्था र ईयू सदस्य राष्ट्रका प्रतिनिधिहरूको प्रवेशमा मस्कोले प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ ।

मन्त्रालयले ईयूको प्रतिवन्ध नविकरण निर्णयहरूको प्रतिक्रियामा, रूसी पक्षले ईयूसँग सम्बन्धित संस्थाहरू, ईयूका सदस्य राष्ट्रहरू, र धेरै युरोपेली प्रतिनिधिहरू सहितको प्रतिवन्द सूची विस्तार गरेको जनाएको छ ।

यसैगरी प्रतिवन्ध सूचीमा युरोपेली युनियन सँगको समन्वय तथा युक्रेनलाई सैन्य सहयोग गर्ने निर्णयमा संलग्न अन्य धेरै युरोपेली देशका प्रतिनिधिहरूलाई समावेश गरी विज्ञप्ति जारी गरिएको जनाइएको छ । यसअघि अप्रिल – २३ मा ईयूले रूस विरुद्ध २० औं प्रतिबन्धको नविकरण गरेको थियो ।