+

सात वटै प्रदेशमा स्थानीय तह केन्द्रित भेला गर्दै कांग्रेस

२४ बैशाख २०८३, बिहीबार ०९:२३

काठमाडौं । नेपाली कांग्रेसले सात वटै प्रदेशमा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला गर्ने भएको छ । पार्टीको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठकले ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्ने निर्णय गरेको हो ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेसले वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशको धनगढी, वैशाख २८ र २९ मा कर्णालीको सुर्खेत, वैशाख ३१ र जेठ १ गते गण्डकीको पोखरा, जेठ ४ र ५ गते बागमतीको धुलिखेल, जेठ ६ र ७ गते मधेसको बर्दिवास, जेठ ८ र ९ गते कोसीको लौकी, सुनसरी र जेठ १४ र १५ गते लुम्बिनीको तिलोत्तमा, रुपन्देहीमा भेलाको आयोजना गर्न लागेको हो ।