+

छोटी भन्सार खारेजी निर्णयविरुद्ध सिरहामा चक्काजाम

११ जेष्ठ २०८३, सोमबार १५:०२

सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध व्यापारी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गरेका छन् ।

धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल चौकमा स्थानीयवासी, विभिन्न राजनीतिक दल र व्यापारीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीय निरन्तर आन्दोलित छन्।