+

रास्वपा सभापति रवि लामिछाने विपक्षीसँग छलफलमा

२७ जेष्ठ २०८३, बुधबार १३:१४

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षीहरूले सदन अवरुद्ध गर्दै आइरहेका छन् ।

यसैबीच संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल जुटेका छन् ।

सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरूसँग छलफल गरिरहेका हुन् ।

विपक्षी दलहरूको सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बैठक बसिरहेका बेलामा लामिछानेले छलफलका लागि बोलाएका थिए ।