+

सीमामा तारजाली लाउन १ खर्ब बजेट छुट्याउँनुपर्छ :हर्क साम्पाङ

२८ जेष्ठ २०८३, बिहीबार १५:२२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमानामा तारजाली लाउन १ खर्ब बजेट छुट्याउँनुपर्ने बताएका छन् । संसद् भवन परिसरमा बोल्दै सीमामा सेना परिचालन गर्नुपर्ने उनले बताए।

उनले भने, ‘एउटा सानो पसल कुर्नका लागि पनि हिजोआज वाचम्यान राख्ने चलन छ। सीसीटीभी क्यामरा राखिन्छ। भनेपछि खुला सीमा छ। अब सल्लाह दिएको मान्दैनन्, नत्र १ खर्ब तारजाली लगाउन पाए हुन्थ्यो। बाटोहरू बनाउनुभन्दा सिमानालाई सुरक्षा गर्नलाई बजेट छुट्टाउनुपर्छ।’